ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एचआईभी संक्रमितहरुले भने– ‘चेतना मात्रै होइन, सीप देऊ’

by चितवन पोष्ट
२०७० मंसिर १७, सोमबार ०३:२४ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सन्दर्भः विश्व एड्स दिवस           [divider]
बसन्त पराजुली
भरतपुर । ‘अहिले पो सरकारले निःशुल्क दिएको औषधि खाइएको छ भोलि पैसा खर्च गर्नु प¥यो भने त त्यसै मर्ने हो’, भरतपुरकी रूपा श्रेष्ठ मलिन अनुहार लगाउँदै आइतबार दिउँसो भन्दै थिइन्, ‘अब सीप दिए आम्दानीको राम्रो व्यवस्था हुने थियो । भोलिका दिन औषधि खान पनि अरूको भर पर्नुपर्ने थिएन ।’
सीप नहुँदा दैनिक व्यवहार चलाउन समेत गाह्रो पर्ने हुँदा औषधि खरिद गर्न नसकेको उनको गुनासो थियो । आइतबार विश्वभर एड्स दिवस मनाई रहँदा रूपाजस्ता संक्रमित महिलाहरु औषधि खान नपाएका दिन मर्नुपर्छ भन्दै चिन्ता व्यक्त गरेका थिए । दातृ संस्थाहरुको सहयोगमा नेपाल सरकारले अहिले एचआईभी संक्रमितहरुका लागि निःशुल्क औषधि उपलब्ध गराउँछ । यसरी संक्रमितलाई दिइने औषधि एक जनाका हकमा वर्षमा दुई लाख रूपैयाँ बराबर खर्च हुने बताइएको छ ।
‘एकजनालाई औषधि गर्दा वर्षमा दुई लाख रूपैयाँका हाराहारीमा खर्च लाग्छ’, जिल्ला एड्स समन्वय समिति चितवनका संयोजक रामहरि न्यौपाने भन्छन्, ‘अहिलेको कार्यक्रम उपचार, रेखदेख र हेरविचारमा केन्द्रित हँुदा आयआर्जन र सीपमूलक कार्यक्रम दिन नसकिएको अवस्था हो ।’
‘कति संक्रमितहरुलाई अहिले पनि बिहान बेलुकाको छाक टार्न गाह्रो छ’,  न्यौपानेले भने, ‘संक्रमितहरुलाई सीप दिन सकिने हो भने उनीहरुको जीविको निर्वाहमा पनि सहयोग पुग्नेछ ।’
छ वर्षदेखि एचआईभी संक्रमण भएर हाल औषधि सेवन गर्दै आएकी रूपा आफूलाई सीपमूलक तालिम आवश्यक परेको बताउँछिन् । ‘सरकारले निःशुल्क दिइन्जेल त औषधि खाइएला’, उनले भनिन्, ‘दैनिक घर खर्च चलाउन पनि सीपमूलक तालिमको खाँचो छ ।’
उनी आफूजस्तै संक्रमितहरुलाई सीप सिकाएर आयआर्जन गर्न सक्ने बनाउनुपर्ने तर्क गर्छिन् । एचआईभी संक्रमितहरुका लागि अहिले हेरचाह उपचार र सचेतना कार्यक्रम छ । तर संक्रमितहरुका लागि लक्षित गरी आयआर्जनका कार्यक्रम सञ्चालन नगरिँदा उनीहरु भोलि के हुने भन्ने अन्यौलमा छन् ।
सरकारी निकायले समेत एचआईभी संक्रमितहरुका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका कार्यक्रम अधिकृत दीपक कार्की भने सरकारी निकायका पनि अन्य निकायहरुले आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने तर्क गर्छन् ।
‘स्थानीय निकाय छन् । अन्य गैरसरकारी संस्थाहरु छन्’, उनले थपे, ‘अब केन्द्रको कार्यक्रम मात्रै होइन, सबै तह र तप्काबाट कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ ।’
नेपालमा ४८ हजार ५०० एचआईभी संक्रमित भएको अनुमान छ । सन् १९८८ देखि २०१३ जुलाइसम्ममा २२ हजार ९४४ संक्रमित रक्तपरीक्षणबाट संक्रमित भएको केन्द्रसँग तथ्याङ्क छ । चितवनमा एक हजार पाँच सयदेखि दुई हजारसम्म एचआईभी संक्रमित भएको अनुमान छ ।
९८१ संक्रमित अहिले चितवनमा देखिएका छन् । यो तथ्य भरतपुर अस्पतालमा रक्त परीक्षण गरेका आधारमा लिइएको हो । उनीहरुको हेरचाह, रेखदेख र उपचारमा अहिले जिल्लामा वार्षिक झण्डै पाँच करोड रूपैयाँका हाराहारीमा खर्च हुने गरेको जिल्ला एड्स समन्वय समितिसँग तथ्याङ्क छ ।
यो बजेट आयआर्जन सीप विकासका लागि नभई अन्यत्र खर्च भइरहेको छ । जुन चितवनमा भएका एचआईभी संक्रमितमध्ये एउटालाई झण्डै ५१ हजार रूपैयाँ पुग्ने रकम हो । अव यो रकम जनचेतनासँगै आयआर्जन गर्ने सीप विकासका लागि पनि  खर्च गर्नुपर्ने माग उठेको छ ।
समितिका संयोजक रामहरि न्यौपाने जिल्लाले तयार गरेको पञ्च वर्षीय योजनामा पनि संक्रमितका लागि आयआर्जन र सीपमूलक कार्यक्रम तय गरिएको बताउँछन् ।
‘पञ्चवर्षीय योजनामा सीपमूलक कार्यक्रम राखिएको छ । आगामी वर्षबाट सम्भवत् बजेट राख्न सकिन्छ’, उनले भने । यो वर्षको एड्स दिवस एचआईभी संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पु¥याऊ भन्ने नाराका साथ सम्पन्न भएको छ । यो नारा अनुसार एचआईभीको संक्रमण पनि बिस्तारै घट्दै गएको तथ्याङ्कहरुले देखाएको छ । संक्रमणलाई  शून्यमा लैजानुसँगै अब संक्रमितलाई आर्थिक रुपमा पनि सक्षम बनाउनका लागि आयआर्जन र सीपमूलक कार्यक्रम जरूरी देखिन्छ ।

Related Posts

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

मदन भण्डारी नेपाली राजनीतिको महत्त्वपूर्ण मार्गनिर्देशक : मुख्यमन्त्री पौडेल

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

Chitwan Post

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In