ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

ट्राफिक राजश्व संकलनमा कमी

by चितवन पोष्ट
२०७० मंसिर १७, सोमबार ०३:१९ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चुनावी सरगर्मी चलेसँगै जिल्लाको ट्राफिक राजस्व संकलनमा समेत कमी आएको छ । गत मंसिर ४ गते सम्पन्न संविधानसभा सदस्यको निर्वाचनका लागि जनशक्तिहरु निर्वाचनमा खटिएका र दलीय कार्यक्रममा अधिक सवारी साधनहरु प्रयोग भएका कारण जिल्ला ट्राफिक कार्यालय चितवनले संकलन गर्ने राजस्वमा कमी आएको हो ।
गत असोज महिनाको तुलनामा कात्तिक महिनामा करिब ३९ प्रतिशतले राजस्व संकलनमा कमी आएको कार्यालयले जनाएको छ । गत कात्तिक महिनामा जिल्ला ट्राफिक कार्यालयले चार लाख ३३ हजार १०० रूपैयाँ राजस्व संकलन गरेको छ । सोही अवधिमा गत असोज महिनामा सात लाख आठ हजार १०० रूपैयाँ राजस्व संकलन भएको थियो । जुन अघिल्लो महिना भन्दा ३८.८४ प्रतिशतले कम हो ।
त्यस्तै, कार्यालयले गत भाद्र महिनामा संकलन गरेको राजस्वभन्दा असोजमा संकलित राजस्व पनि कम छ । असोज महिनामा भाद्र महिनामा संकलित राजस्व भन्दा २७.७४ प्रतिशतले कमी आएको कार्यालयले जनाएको छ । गत भाद्र महिनामा कार्यालयले नौ लाख ७९ हजार ८०० रूपैयाँ राजस्व संकलन गरेको थियो ।
यता सवारी साधन तथा चालकलाई कारबाहीको संख्यामा पनि कमी आएको छ । गत भाद्र महिनामा कारबाही संख्या तीन हजार २२१ रहेकोमा असोज महिनामा दुई हजार ३३९ वटा सवारी तथा चालकहरुलाई कारबाही गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै कार्यालय कात्तिक महिनामा एक हजार ५५९ वटा सवारी तथा चालकलाई कारबाही गरेको छ ।
राजश्व संकलन सबैभन्दा बढी क्षमताभन्दा बढी भारी बोक्ने तथा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाहीबाट हुने गरेको कार्यालयले जनाएको छ ।
समग्रमा कार्यालयको राजस्व संकलनमा समेत निर्वाचनले केही असर गरेको कार्यालयले जनाएको छ । निर्वाचनका बेला अधिकांश सवारी साधन राजनीतिक दलका कार्यकर्ताहरुले प्रयोग गरेको तथा सवारी चेकजाँचमा कमी आएकाले पनि राजस्व संकलन मा कमी आएको हो । जिल्लामा जनशक्ति कम हुँदा समेत राजस्व संकलनमा केही प्रभाव परेको छ ।
यता ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म २८ लाख ६८ हजार १०० रूपैयाँ राजस्व संकलन गरेको छ । यसैबीच कार्यालयले चालु महिनाको १४ गतेसम्म एक लाख ८२ हजार ७५० रूपैयाँ राजस्व संकलन गरेको छ । उक्त अवधिमा कार्यालयले ७४५ सवारी तथा चालकलाई कारबाही गरेको छ ।

Related Posts

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

Chitwan Post

चितवनका चार सहकारी एकीकरण

खोपले काम गरेन, भटाभट मरे कुखुरा

खोपले काम गरेन, भटाभट मरे कुखुरा

Discussion about this post

अन‌ि यो पनि

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने
प्रमुख समाचार

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने

भरतपुर । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायण प्रसाद भट्टराईको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट चितवनका...

Read more
अपाङ्गता भएका व्यक्तिलाई सहयोग

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

नेकपाका मुख्य सचेतकमा भट्टराई

नेकपाका मुख्य सचेतकमा भट्टराई

छिमेकीबाटै दुई बालिकामाथि बालयौन दुरूपयोग : पीडित परिवारले प्रहरीलाई दिए उजुरी

बलात्कारीलाई १८ वर्ष कैद

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In