भरतपुर । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान कार्यक्रमअन्तर्गत आइतबार आदर्श गृह भरतपुरमा ‘कोष अभिवृद्धि’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । खास गरी जिल्लामा गरिने लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान नोभेम्वर २५ का दिन महिला विकास कार्यालयको संयोजनमा विभिन्न सामाजिक संस्थाहरुको सहभागितामा कार्यक्रमहरु तय गरिएको थियो । अन्तक्र्रियाबाट हिंसामा परेका महिलाहरुका लागि स्थापना भएको पुनस्र्थापना गृह संचालनमा कोष अभिवृद्धि गर्ने सहमति भएअनुसार सबै संघ संस्थाहरुबाट सहयोग र सहकार्य जुटाउने उद्देश्यले उक्त छलफल एवम् अन्तक्र्रिया राखिएको हो ।
महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत सुशीला वाग्लेको अध्यक्षतामा संचालन गरिएको यस कार्यक्रममा पूर्व महिला जिल्ला समन्वय समितिका पार्वती रावल, आर्दशगृहका मिना खरेल, केएर नेपालबाट बन्दना खाँड, केआई नेपालबाट केमिका घिमिरे, माइती नेपालबाट युवराज दवाडी र कालिका सामुदायिक महिला विकास केन्द्र माडीका संयोजक कृष्ण पन्तलगायतले आफ्नो संस्थाबाट निर्णय गराएर पुर्नस्थापना केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
Discussion about this post