ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्वाचनपछिको कांग्रेस

by चितवन पोष्ट
२०७० मंसिर १६, आईतवार ०३:०३ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

संविधानसभाको निर्वाचन परिणामपश्चात् मुलुकको राजनीति अचानक तात्न पुगेको छ । समयमै संविधान बन्ने कुरामा जनता एक प्रकारले ढुक्कजस्तै देखिएका छन् । जनप्रतिनिधिहरु पनि मतदातासमक्ष आगामी एक वर्षभित्र संविधान लेखिने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । यसैक्रममा सबैभन्दा ठूलो दल बन्ने सौभाग्य पाएको नेपाली कांग्रेस आगामी सरकार आफ्नै पार्टीको नेतृत्वमा बन्ने कुरामा ढुक्क छ र उसले आफ्नो तयारी पनि भित्रभित्रै गर्न थालेको छ । जनादेशले सरकारको नेतृत्व गर्ने अवसर कांग्रेसलाई नै दिएको कारण यो विषय निर्विवाद बनिसकेको छ । नेकपा एमालेलगायतका दलहरुको सहकार्यमा कांग्रेसले सरकार बनाउने भएपछि मुलुकको राजनीतिक संक्रमणकालको पनि अन्त्य हुन लागेको अनुभव अहिले भइरहेको छ ।
यसपटक जनताले कांग्रेसलाई जुन विश्वासका साथ ठूलो पार्टी बनाएका छन्, त्यो विश्वासको मूल्य चुकाउन कांग्रेस सक्रिय बन्नुपर्ने आवश्यकता महसुस गरिएको छ । विगतमा सरकार बनाउने अवसर पाउँदा कांग्रेसले कुनै राम्रो र उल्लेखनीय काम गर्न सकेन । आफ्नै पार्टीभित्रको अन्तर्कलहका कारण सत्ता सञ्चालन गर्न र जनताको सेवा गर्न विगतमा कांग्रेस निश्चय नै असफलताको भुमरीमा फस्न पुगेको कुरालाई जनताले बिर्सिसकेका छैनन् । अब ती घटनाहरुबाट पाठ सिकेर कांग्रेस अघि बढ्नुपर्ने स्थिति देखा परेको छ ।
केवल गगन थापा र नरहरि आचार्यजस्ता निर्विवाद र सुयोग्य पात्रले मात्र कांग्रेसको साख जोगाउन सक्तैनन् । सिंगो नेपाली कांग्रेसमा अहिले शुद्धीकरणको गम्भीर खाँचो छ । पार्टी सभापति सुशील कोइरालाको बेदाग व्यक्तित्व प्रधानमन्त्री बन्ने सुयोग जुटेको बेलामा अन्य केन्द्रीय नेता र कार्यकर्ताहरुले पनि आफूलाई शुद्धीकरणको अग्निपरीक्षामा खरो रुपमा उतार्न सक्नु परेको छ । जनताले दिएको यो अवसरलाई कुनै पनि हालतमा गुम्न नदिन कांग्रेसमा पुनर्जीवनको आवश्यकता देखिन्छ ।
अब बन्ने सरकारलाई सहमतीय आधारमा संरचना गर्न सकिएमा भावी सरकारले आफ्नो पूर्ण कार्यकाल बिताउन सक्ने अनुमान गर्न सकिन्छ । जनताले चाहेको संविधान यथाशक्य छिटो लेख्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सक्नु परेको छ । एमाओवादी पहिलोबाट तेस्रो स्थानमा खुम्चिनु परेको कटु यथार्थलाई समेत आत्मसात् गरेर कांग्रेसले गणतन्त्रको रक्षा गर्न र जनमुखी काम गर्न सकेमा मात्र जनमतको सम्मान भएको ठानिने छ । राजनीतिलाई मूल्य र मान्यतामा आधारित बनाउँदै दुई ठूला छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर नेपाललाई आर्थिक रुपले समृद्ध बनाउनु आजको प्रमुख आवश्यकता हो । यही लक्ष्य हासिल गर्न सकिएमा नेपाली कांग्रेस भविष्यमा पनि ठूलो पार्टी बनेर रहने कुरालाई समयले रोक्न सक्नेछैन ।

Related Posts

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

Chitwan Post

प्रधानमन्त्रीको सम्बोधनले उठाएका सवाल

शुभ रहोस् नववर्ष !

शुभ रहोस् नववर्ष !

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In