हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले ताजा जनादेशअनुरुप एक वर्षभित्र नयाँ संविधान तयार पार्न र बढ्दै गएको बेरोजगारी समस्यालाई न्यून गर्न अहिले सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
केन्द्रीय सदस्य डा. महतले नेपाल वित्तीय राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घको आठाँै राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै प्रमुख दलहरुले नयाँ संविधान जनतामाझ पु¥याएर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने काममा क्रियाशील हुनुपर्दछ भन्नुभयो ।
डा. महतले आफ्ना हठलाई त्यागेर संसदमा आपसी समन्वय र समझदारी बनाई संविधान तयार पार्न र जनतालाई आर्थिक आत्मनिर्भरतातर्फ उन्मुख गराउन अहिलेको सरकारमा सहभागी हुन एमाओवादीलाई आग्रह गर्नुभयो ।
नेकाका केन्द्रीय सदस्यद्वय राजन पन्त र बद्री पाण्डे तथा मकवानपुर जिल्लाका नवनिर्वाचित संविधानसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रमुख दलहरुले जनताको आर्थिक स्थिति उकास्न संसदमा प्रस्ताव लिएर जानुपर्ने बताउनुभयो । आज आइतबारसम्म चल्ने उक्त महाधिवेशनमा ६३ जिल्लाका २३५ जना प्रतिनिधिको सहभागिता रहेको छ । रासस
Discussion about this post