भरतपुर । मीस डीभा चितवन २०७० को तयारी तिव्र अघि वढिरहेको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कुल ३० प्रतिस्पर्धीहरुवीच विभिन्न विधामा प्रतिस्पर्धा हुने आयोजक नेप भ्यालीले जनाएको छ ।
मिस डिभा विजेताले एक लाख नगद सहित एक वर्षका लागि सम्झौता गरिने तथा फस्ट रनरअपले ५० हजार र सेकेण्ड रनर अपले २६ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै विभिन्न दस फरक विधाका उत्कृष्टलाई गिफ्ट ह्याम्पर रहेको आयोजकले जनाएको छ । फाइनल प्रतियोगिता पुस ५ गते हुने आयोजकले जनाएको छ ।
Discussion about this post