ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रविधि पछ्याउँदै प्रशासन

by चितवन पोष्ट
२०७० मंसिर १५, शनिबार ०३:०७ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नो कार्यालयको कार्यसम्पादन नयाँ प्रविधितर्फ उन्मुख गराएको छ । टाइपराइटरबाट चिठीपत्र लेखिने सरकारी कार्यालयको पुरातन शैली परिवर्तन गरी यो कार्यालयले नागरिकता तथा राहदानीको कामसमेत कम्युटरबाटै गर्न थालेको छ ।
‘कार्यालयका सबै काम कम्युटरबाट हुने व्यवस्था मिलाएका छौं’, शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भन्नुभयो, ‘कार्यालयका कर्मचारीहरुलाई दुई महिनाको कम्प्युटर तालिम दिएर पनि कार्यालयको कामलाई सहजीकरण दिइएको छ ।’
‘नागरिकताको कम्प्यूटर प्रविधिवाट अभिलेखीकरण कार्य थालनी भएको छ । हालसम्म पच्चीस हजार नागरिकता कम्प्युटरमा अभिलेख गरी सकेका छौ’, प्रजिअ शर्माले भन्नुभयो, ‘बाँकी नागरिकता पनि कम्युटरमा नै अभिलेख राखेर सबै नागरिकताको काम कम्युटरबाटै गरिने छ ।’ प्रशासनले नागरिकतासँगै राहदानी र मुद्दा शाखाका कामहरु पनि कम्युटरबाटै गर्ने गरेको छ । कार्यालयको कामलाई थप प्रभावकारी बनाउन सेवाग्राहीलाई पहिलो हुनेलाई पहिलो सेवा दिने गरी टोकनप्रथा लागु गरिएको छ भने कार्यालयका कर्मचारीहरुको समेत नियमित अनुगमन गराउनका लागि सिसी टिभीसमेत जडान गरिएको छ ।
कार्यलयको काम कारवाहीलाई थप प्रभावकारी र पारदर्शी बनाउनका लागि मूलगेटमा रहेका बिचौलियाहरुलाई हटाइएको, नागरिक वडापत्रलाई समयसापेक्ष संशोधन गरिएको, जिल्लाको आपतकालीन कार्यको सञ्चालनका लागि २४ सै घण्टा सम्पर्क कार्यालय खोलिएको, कार्यालयको नयाँ भवनको निर्माण कार्यमा निरीक्षण तथा अनुगमनलाई प्रजिअ शर्माले आफ्नो कार्यकालको सफल कामका रुपमा समेत लिनु भएको छ ।
यो अबधिमा बजार अनुगमन तीव्र बनाइएको, तीज, तिहारजस्ता चाडवाडमा विगतमा देखिएको बडप्पनमा कमी ल्याइएको, सुरक्षा अवस्था मजबुत गराउँदै गुण्डागर्दी नियन्त्रण भएको र भ्रष्ट्राचारलाई नियन्त्रण गर्दै सून्य सहनशीलता कायम गर्नका लागि कार्यालय लागेको बताइएको छ । प्रजिअ शर्माले पत्रकार भेटघाटका क्रममा आफ्नो कार्यकालमा माडीको बघौडा र अयोध्यापुरीमा सशस्त्र सीमा सुरक्षा बल स्थापना गरिएको र पर्यटकीय क्षेत्रको विकास र प्रर्वधनका लागि पहल भरहेको पनि बताउनुभयो ।
यस्तै प्रशासनले जारी गरेको ३२ वुदे कार्यसफलता प्रतिवेदनको अन्त्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीको उच्च सर्तकता, समन्वयका कारण शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सफल भएको पनि उल्लेख छ ।
बक्समा राख्ने
भरतपुर । जिल्ला एम्बुलेन्स सञ्चालन समन्व समितिले नयाँ एम्बुलेन्स  खरिदका लागि सिफारिस रोकेको छ । भएका एम्बुलेन्स हरुलाई व्यवस्थित गरेपछि मात्रै नयाँ एम्बुलेन्स खरिदका लागि सिफारिस दिने योजनाका साथ एम्बुलेन्सको सिफारिस रोकिएको हो । एम्वुलेन्स खरिद गर्ने संस्थाले जिल्ला एम्बुलेन्स सञ्चालन समन्वय समितिको सिफारिसमा स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा मात्रै एम्बुलेन्स खरिद गर्न पाउने व्यवस्था छ । समितिका संयोजकसमेत रहनुभएका प्रजिअ नरेन्द्रराज शर्माले भएका एम्बुलेन्सलाई व्यवस्थित गरेर मात्रै थप एम्बुलेन्सको माग भए सिफारिस गरिने बताउनुभयो । एम्बुलेन्सहरुको बेथिति देखिएपछि केही महिनाअघि समितिले एम्बुलेन्सहरुका लागि आचारसंहिता लागू गरेको थियो ।

Related Posts

Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

Discussion about this post

अन‌ि यो पनि

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध
राजनीति

अनेमसंघ रत्ननगर नगर कमिटी गठन

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटी गठन गरिएको छ । आइतबार सम्पन्न प्रथम विस्तारित भेलाले विरञ्जना घिमिरे...

Read more
प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In