नारायणगढ । भृकुटी बोर्डिङ स्कुल नारायणगढको संयोजनमा सात वटा निजी विद्यालयका स्काउटर्सहरुको क्याम्प एवं दीक्षान्त समारोह नारायणगढमा सुरु भएको छ । कार्यक्रममा भृकुटी बोर्डिङ स्कुल नारायणगढ, पिस जोन बोर्डिङ स्कुल कृष्णपुर, प्याराडाईज बोर्डिङ स्कुल पार्वतीपुर, सेन्ट्रल बोर्डिङ स्कुल नारायणगढ, नवयुग बोर्डिङ स्कुल गीतानगर, लिटिल हेभन बोर्डिङ स्कुल गीतानगर र आदर्श बोर्डिङ स्कुल लंकुका स्काउट विद्यार्र्थीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा २ सय ६० जना स्काउटका तालिम प्राप्त विद्यार्थीसहित ३ सय जनाको सहभागिता रहेको छ ।
Discussion about this post