अपाङ्ग बालकको लागि च्यारिटी सो

अन‌ि यो पनि

रत्ननगर । मितेरी फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण गरिएको चलचित्र परदेशको जिन्दगीको यही १७ गते सोमबार बिहान रत्ननगरमा च्यारेटी सो गरिने भएको छ । नारायणी चलचित्र मन्दिरमा गरिने फिल्मको सोबाट संकलित रकम रत्ननगर–१ का अपाङ्ग बालक दीपेन्द्र शाहीको उपचारमा खर्च गरिने कार्यक्रम संयोजक विनोद लामाले जानकारी दिनुभयो ।
यसअघि पनि उक्त फिल्मको च्यारिटी सोबाट संकलन भएको रकम पिठुवा–३ मुटुरोगी बालिका अलिसा दुवाडीलाई सहयोग गरिएको थियो । कमजोर आर्थिक अवस्थाका कारण डेरा गरी बस्ने मजदुरका छोरा दीपेन्द्र शाहीको सहयोगको लागि च्यारेटी सोमा टिकट किनेर सहयोग गरिदिनु हुन संयोजक लामाले आग्रह गर्नुभएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया