रत्ननगर । नेकपा मालेका जिल्ला सचिव तबहादुर विककी आमा नरमाया विकको निधन भएको सातौं दिनको पुण्यतिथिमा बिहीबार रत्ननगर–१२ गुम्बाटोलमा श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा माले रत्ननगर नगर समितिले आयोजना गरेको कार्यक्रममा मालेका पोलिटब्यूरो सदस्यद्वय डम्बर पुरी, भगवती घिमिरे, नगर सचिव रामहरि लम्साललगायतले शोक मन्तव्य राखेका थिए । नगर कमिटी सदस्य विक्रम कुमालेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post