भरतपुर । नेपाल पहिलो पटक ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएसँगै देशभर हर्सोल्लास छाएको छ । यही खुसीयालीमा भरतपुरका क्रिकेटप्रेमी युवाहरुले ¥यालीसमेत निकालेका छन् । युएईमा भइरहेको आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोट हङकङलाई ५ विकेटले पराजित गरेपछि नेपाल विश्वकप खेल्न पाउने टिम बनेको छ ।
नेपालको जितसँगै क्रिकेटप्रेमीहरुले देशैभरको विभिन्न स्थानमा विजयी ¥याली समेत आयोजना गरेको थियो । नेपाल विश्व कप क्रिकेटमा छनोट भएपछि भरतपुरमा पनि क्रिकेटप्रेमी युवाहरुले विजयी ¥याली निकालेर खुसी साटेका थिए । भरतपुरस्थित मालपोत चोकबाट क्रिकेटप्रेमी युवाहरुले निकालेको ¥याली भरतपुर नगर परिक्रमा गरी पुनः मालपोत चोकमा नै पुगेर खुसी साटेका थिए ।
नेपाली क्रिकेट क्षेत्रको विकासका लागि यो जितले युवाहरुलाई उत्साह थपेको ¥यालीमा सहभागी युवा कृष्ण कार्कीले बताउनुभयो । नेपाल विश्वकपमा छनोट भएसँगै सन् २०१४ को जुन–अप्रिलमा हुने ट्वान्टी–ट्वान्टी विश्वकपमा नेपालले खेल्ने छ । नेपाली क्रिकेटको सत्र वर्षीय अन्तराष्र्टि«य इतिहासमा यो सबैभन्दा ठूलो उपलव्धी हो । अबुधावीमा नेपालले टस जितेर हङकङलाई पहिले व्याटिङका लागि निम्त्याएको थियो ।
Discussion about this post