ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भरतपुर नगरपालिकाको योजना कार्यान्वयनमा ढिलाइ

by चितवन पोष्ट
२०७० मंसिर १३, बिहीबार ०३:०४ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बसन्त पराजुली
भरतपुर । संविधानसभाको निर्वाचनका कारण भरतपुर नगरपालिकाले सञ्चालन गरेका चालु आर्थिक वर्षका योजना कार्यान्वयनमा ढिलाइ भएको छ । मसिर ४ गतेको निर्वाचन अघि योजना कार्यन्वन गर्न नसकिएको भन्दै कार्यन्वयनमा ढिलाइ गरिएपछि समस्या परेको हो ।
‘योजना अव सुरु हुन्छ’, भरतपुर नगरपालिका योजना शाखाका प्रमुख ईन्जिनियर भरत आचार्यले भन्नुभयो, ‘निर्वाचन आचारसंहिताका कारण पनि योजना कार्यान्वयन रोकेका हौ ।’निर्वाचन सकिएकाले पनि अव विकास निर्माणका काम सुरु गरिने पनि उहाँले जनाउनुभयो । ‘नगरपालिकाको स्वीकृत कार्यक्रम अव प्रक्रियाअनुसार सुरु हुन्छ’, उहाँको थप भनाइ थियो, ‘नयाँ आर्थिक वर्ष सुरु हुनुसँगै योजना पनि सुरु गर्नुपर्ने हो तर ढिलाइ भयो ।’
चालु आर्थिक वर्षका लागि भरतपुर नगरपालिकाले ३२ वटा योजना स्वीकृत गरेको छ । ४ करोड ६० लाख रुपैयाँ बराबरका ती योजना कार्यान्वयन गरिन लागिएको हो । साउन लागेसँगै नयाँ आर्थिक वर्ष सुरु हुन्छ । आर्थिक वर्ष सुरु भएको पाँच महिनासम्म पनि योजनाका कामहरु सुरु नहुनुले योजना छिटो–छिटो गर्नुपर्ने आवश्यकता देखिएको छ ।
‘छोटो समयमा काम गर्दा कतै यसको क्वालिटीमा समस्या पर्न सक्छ’, एक निर्माण व्यवसायीले भने, ‘हतारको काम भन्ने नहोस् भन्नका लागि पनि सर्तकता अपनाउन जरुरी छ ।’ तर, ढिलाइ नै भए पनि कामको गुणस्तरीयतालाई निक्कै ध्यान दिइने ईन्जिनियर आचार्यले बताउनुभयो ।
‘नगर पालिकाले कार्यदलनै वनाएर योजनाका गुणस्तरको अनुगमन गर्छ’, उहाँको जवाफ थियो । कतिपय योजनाहरु उपभोक्ता समिति मार्फत गरिने भएकाले पनि समस्या नहुने उहाँको तर्क छ ।
नगर पलिकाले स्विकृत गरेका योजनाहरुमा वढी सडक निर्माण तथा कालो पत्रे रहेका छन् सामान्य ढल निर्माण र मर्मतलाइ पनि योजनामा समेटिएका छन् । नगर पालिकाले स्विकृत योजना सगै केही प्राथमिकताका योजनाहरुलाइ नयाँ योजनाका रुपमा पनि अघि वढाउन लागेको छ । भरतपुर अस्पताल अघिको सडक सहित केही सडकहरुलाइ समेटेर राष्ट्रिय वजेट विनियोजित गर्ने गरि नगर पालिकाले नयाँ काम गर्दै छ ।
‘नगरपालिकाको स्वीकृत कार्यक्रमसँगै अन्य प्राथमिकताका केही योजनाहरु पनि हामीले नगरको बोर्ड बैठकबाट स्वीकृत गराएर गर्ने योजनामा छाँै’, आचार्यले भन्नुभयो । यसरी नयाँ तय गर्न लागिएका योजनाहरुका लागि आवश्यक बजेटका बारेमा स्थानीय विकास मन्त्रालयसँग माग गरिसकिएको पनि उहाँले जनाउनुभयो ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In