पशु कार्यालयको पाडापालन कार्यक्रम

अन‌ि यो पनि

भरतपुर । चितवनमा भैँसीको सङ्ख्या घट्न थालेपछि पाडापालन कार्यक्रम सुरू भएको छ ।
जिल्ला पशुसेवा कार्यालयले यहाँ पहिलो पटक यस वर्षबाट पाडापालन कार्यक्रम सुरू गरेको हो । आन्तरिक काम चलिरहेको र यो महिनाको अन्तिमबाट कार्यक्रम फिल्डमै सुरू गरिने पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो ।
जिल्लामा अहिले गाईपालन भए पनि व्यावसायिक भैँसीपालन नभएको र संरक्षणमा पनि कसैको ध्यान जान नसकेकाले भैँसीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । त्यसैलाई मध्येनजर गर्दै सरकारको नीतिअनुसार यस्तो कार्यक्रम सुरु गर्न लागिएको पशुसेवा कार्यालय चितवनले जनाएको छ । यो वर्ष चितवनलगायत अन्य केही जिल्लामा कार्यक्रम लैजाने तयारी पशुसेवा विभागले गरेको छ ।
चितवनमा पाडापालन कार्यक्रमका लागि करिब रु २५ लाख रकम आएको र यही रकमलाई परिचालन गरिने प्रमुख कार्कीले बताउनुभयो । कम्तीमा १०० पाडा पाल्ने व्यक्ति या समूहलाई मात्रै कार्यक्रम दिइने कार्यालयको नीति छ ।
जिल्लामा मासुको रुपमा पाडाको अभावमा बढी भैँसी प्रयोग हुने गरेको र राँगाको अभावमा भैँसी पालनमा मानिसको ध्यान जान छाडेकाले यो कार्यक्रम ल्याइएको हो । पालिएको पाडा मासुका लागि र व्याडका लागि पनि हुने कार्यालयले जनाएको छ । मासुको रुपमा राँगो प्रयोग गरिए भैँसी जोगिने विश्वास पशुसेवा कार्यालय चितवनको छ । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया