भरतपुर । दोस्रो राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत प्रेम उपाध्याय नगद पुरस्कार सहित सम्मानित हुनु भएको छ ।
आन्तरिक राजश्व विभागले उपाध्यायलाई राजश्व प्रशासनमा रही उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत एवम् सम्मानित गरेको हो । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नगदसहित प्रशंसा पत्रबाट उपाध्यायलाई सम्मान गर्नु भएको हो ।
Discussion about this post