भरतपुर । चितवनमा समानुपातिकतर्फको मत गणना सोमबार साँझ सकिएको छ । समानुपातिकमा कुल १२२ दल रहेकोमा जिल्लामा चार दलले शून्य मत पाएका छन् ।
त्यस्तै, आठ दलले मात्रै सदर मतको एक प्रतिशत मत पाउन सफल भएको मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले जानकारी दिए । चितवनका पाँच निर्वाचन क्षेत्रमा समानुपातिकमा दुई लाख १६ हजार पाँच सय सदर मत थियो ।
समानुपातिकमा सबैभन्दा धेरै नेपाली काँग्रेसले ६३ हजार ३६१ मत पाएको छ । दोस्रोमा नेकपा (एमाले ले ६२ हजार ११६ मत पाएको छ । एकीकृत नेकपा (माओवादी)ले ३९ हजार ८९० मत पाएको छ ।
प्रत्यक्षतर्फ पाँचै निर्वाचन क्षेत्रमा गररे चितवनमा नेपाली काँग्रेसले ६९ हजार ९११, एमालेले ६९ हजार ७०५ र माओवादीले ४० हजार ४१४ मत ल्याएका थिए । समानुपातिकमा एक प्रतिशतभन्दा माथि मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट, नेकपा (माले र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १२ हजार ९१९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १० हजार १५२ मत ल्याएका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटको पाँच हजार ८५५, नेकपा (मालेको तीन हजार २५०र मधेसी जनअधिकार फोरम नेपाललोकतान्त्रिकको दुई हजार २७३ रहेको छ । एक प्रतिशतभन्दा कम मत ल्याउनेतर मत संख्या एक हजारभन्दा धेरै ल्याउने थप चार पार्टी छन् ।
संघीयता विरोधी राष्ट्रिय जनमोर्चाको ९९३ मत मात्रै आएको छ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को एक हजार ५४०, अखण्ड नेपाल पार्टीको एक हजार २६९, नेपाल परिवार दलको एक हजार २६७ र राष्ट्रिय जनमुक्ति पार्टीको एक हजार २३ मत आएको थियो ।
संघीय सद्भावना पार्टी, सद्भावना पार्टी गजेन्द्रवादी, तराई पहाड हिमाल समाज पार्टी र युवा शक्ति नेपाल पार्टीको मत नआएको निर्वाचन कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बताइयो । चितवनमा प्रत्यक्षतर्फ कुल दुई
लाख १६ हजार ३८५ मत खसेको थियो । त्यस्तै समानुपातिकमा कुल दुई लाख
२२ हजार ४२३ मत खसेकोमा पाँचहजार ९२३ मत बदर भएको छ ।
प्रत्यक्षमा चार दशमलव तीन र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षमा कुल ११५ जना उम्मेद्वार भएकोमा १६ जना उम्मेद्वारले मात्रै खसेको मतको १० प्रतिशत मत पाएका छन् । प्रत्यक्षतर्फ उम्मेद्वार हुने व्यक्तिले उम्मेदवारी दर्ता गराउँदा धरौटीवापत् तीन हजार रूपैयाँ जम्मा गर्नु पर्ने हुन्छ ।
१० प्रतिशत प्रतिशत मत पाएका उम्मेदवारको मात्रै धरौटी रकम फिर्ता हुन्छ । १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत नै जफत हन्छ ।
Discussion about this post