बेरोजगार युवायुवतीले रोजगारी पाउनु पर्ने

अन‌ि यो पनि

उदयनाथ रेग्मी
हाम्रो देश नेपालमा बेरोजगार युवायुवतीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । देशमा केही न केही गर्दै सृजनाका फूलहरु फुलाउन पर्ने युवायुवतीहरु दैनिक सरदर अठार सयको हाराहारीमा रोजगारीको खोजीमा दुबई, अरब, कतार, मलेसिया, अफगान, इराक, भारत, अमेरिका, बेलायत, कोरिया, अस्ट्रेलिया, जापान, जर्मन आदि देशहरुमा जान लाम लागिरहेका छन् ।
विदेश जान घर बेच्ने, जग्गा बेच्ने, साहूसँग महँगो ब्याजमा ऋण काढ्ने, बन्धकी राख्ने, गाईभैँसी बेच्ने, सुन र गरगहनाहरु बेच्ने आदि जस्ता कामहरु गर्दै विदेश जाने प्रक्रियामा कयौँ युवायुवतीहरुलाई देशकै दलालहरुले ठगिरहेका छन् । त्यसपछाडि बल्लबल्ल विदेशी भूमिमा टेक्यो, कुनै पनि सीप सिकेको छैन र भाषा बोल्न पनि जान्दैन । अनि, जुन काम र कम्पनीमा लगाइदिन्छु भनेर ल्याइन्छ, त्यो पनि पाउँदैनन् । त्यसपछाडि उनीहरु निराश हुँदै कुहिरोभित्र हराएको काग बन्न थाल्छन् र दिशाविहीन हुन्छन् ।
बाबुआमा, घर, समाज, देशमै गर्ने सानातिना कामकाजहरु र घरको दूधभात सम्झन र बाबुआमाले कसरी पालेका रहेछन् भन्ने थाहा पाउँछन् उनीहरुले विदेश गएपछि । पेटमा भोक लाग्छ, खानै प¥यो । त्यहाँ कसैले माया मानेर खान बोलाउँदैन । अनि, बाध्य भएर बाह्र–पन्ध्र हजारको जागिर भए पनि खान थाल्छन् र आउने बाटोखर्च पु¥याएपछि र जाँदाको साहूको ऋण तिरेपछि घर फर्किहाल्छन् ।
यस्तै प्रकारले हाम्रा लाखौँ युवायुवतीहरु विदेशका गल्लीगल्ली र सहरबजारहरुमा भौँतारिरहेका छन् । सरदर २५ प्रतिशत युवायुवतीहरु मात्रै कमाउन सफल भएका छन् भने बाँकी ७५ प्रतिशत सबै बेकम्मा विदेशमा अल्मलिरहेका छन् । तसर्थ, हाम्रा सृजनशील हातहरुलाई प्रयोग गरेर यहीँ नै सबैले खेतीपाती, पशुपालन, फलफूल, तरकारी, मजदुरी, नोकरी र व्यापार व्यवसाय गरौँ ।
पहाड, पर्वततर्फ खेतीपाती गर्ने र सुन फल्ने बारीमा पाती र वनमारा फुल्न थाल्यो । वृद्ध भएका बूढाबूढी, केटाकेटीहरु मात्रै गाउँघरमा बस्दछन् । मर्दापर्दा जन्ती जाने र मलामी जाने मान्छे पाइन छाडे । तसर्थ, यो डरलाग्दो अवस्था आउन नदिनका लागि सरकार र सम्बन्धित निकायले तत्कालै पाइला चाल्नुपर्ने अवस्था आएको छ ।
सबै युवायुवतीहरुले अब देशमा आ–आफ्नै सीप, दक्षता र योग्यताअनुसार गाई, गोरू, भैँसी, बाख्रा, भेँडा, माछा, मौरी, सुँगुर, बंगुर, हाँस पाल्न थालौँ । यसका लागि दक्ष व्यक्तिहरुसँग तालिम लिऔँ । सरकारले पशुपालन र खेतीकिसानी गर्नेहरुलाई पहिलो प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्छ । सस्तो ब्याज, मलबीउ, कीटनाशक औषधि, पम्पसेट, विद्युत् र कृषि बजारको स्थापना गरिदिनुपर्दछ । कोही युवाहरु भने धान, मकै, गहुँ, कोदो, फापर, जौ, आलु, मूला, काउली, बन्दा, टमाटर, सिमी, बोडी, करेला, प्याज, लौका, फर्सी, घिरौँला र अन्य सबै सागसब्जीहरुको उत्पादनमा लाग्नुपर्दछ ।
सरकारले अब हजारौँहजार ठूलाठूला उद्योग र कलकारखानाहरु खोल्नुपर्छ । १८ वर्षदेखि माथि ४० वर्षसम्मका युवायुवतीहरुलाई ८ घन्टा काम गर्न लाउनैपर्छ, बेरोजगार बस्न दिनुहुँदैन । चीनमा र जापानमा जस्तै हामीले पनि समयलाई र देशलाई चिन्न सक्नुपर्दछ । युवायुवतीहरुले अब दाह्री–कपाल काट्ने, सिरक–डसना बनाउने, घर निर्माण गर्ने, घडी, रेडियो, टिभी मर्मत गर्ने, सम्पूर्ण मेसिन र गाडीको कामकाज गर्नसमेत तालिम लिनुपर्दछ । विदेशीहरुबाट केही आशा नराखी देशलाई आत्मनिर्भर बनाउन सक्नुपर्दछ, तबमात्र बेरोजगारी समस्याको हल हुन्छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया