ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सहमति र सहकार्य जारी राखौँ

by चितवन पोष्ट
२०७० मंसिर ११, मंगलवार ०४:४४ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नयाँ जनादेशले नेपाली कांग्रेस र नेकपा एमाले क्रमशः पहिलो र दोस्रो दल बन्ने अवसर दिएको छ । विगतमा प्रत्यक्षतर्फ ३७ र ३३ सिटमा सीमित भएका यी दुई दल अहिले परस्पर रुपमा अनपेक्षित सफलता हासिल गर्दै १०५ र ९१ सिट जितेर ठूला प्रजातान्त्रिक शक्ति बन्न सफल भएका छन् । समानुपातिकतर्फ पनि कांग्रेस–एमाले नै प्रमुख प्रतिस्पर्धीका रुपमा अगाडि देखिएका छन् । संविधान निर्माणका लागि पाएको नयाँ जनादेशलाई सम्मान गर्दै दलहरुमा सहमति, सहकार्य र एकता सुरू हुने संकेत पनि देखिन थालेको छ । कांग्रेसका सभापति सुशील कोइरालाले सरकार र संविधानसभाका लागि दुईतिहाईको प्राविधिक पक्षमा नजाने घोषणा सार्वजनिक गरेर सहमति र सहकार्यको राजनीति नत्याग्ने बताएका छन् । उनको अभिव्यक्तिले कांग्रेस सहकार्यको प्रयासमा कटिबद्ध रहेको बुझ्न सकिन्छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सहमतिको राजनीति र सहकार्यबाट मात्रै लोकतन्त्रका उपलब्धिहरु संस्थागत गर्न सकिने धारणा राखेका छन् । संविधानसभाका ठूला दलका शीर्ष नेताको यो भनाइले सहमतिको राजनीति मुलुकका लागि आवश्यक रहेको पुष्टि गर्छ ।
सबै पक्षको सहअस्तित्व संविधानसभामा अनिवार्य रहेको प्रमुख दलको मान्यताबाट एमाओवादीलाई निर्वाचन परिणाम स्वीकार गर्न नैतिक दबाब उत्पन्न गरेको छ । अनपेक्षित चुनावी नतिजाबाट संविधानसभामै नजानेजस्तो अप्रिय निर्णय सार्वजनिक गरेको माओवादीले अन्ततः परिणाम स्वीकार गर्न बाध्य भएको छ । राष्ट्रपति, युरोपियन संघ, अमेरिकी राजदूत, भारतीय राजदूत तथा पर्यवेक्षण संस्थाका प्रतिनिधिहरुले संविधानसभाबाट बाहिर नजान सुझाव दिएपछि एमाओवादीले आन्तरिक बैठकमा चुनावी परिणाम स्वीकार गर्दै शान्ति सम्झौताको मार्ग नबदल्ने जनाएको छ । आफ्ना मुद्दा स्थापित गराउने भूमिकासहित संविधानसभामा सहभागी हुने र त्यसको औपचारिक निर्णयका लागि समानुपातिकतर्फको परिणाम पर्खिने भएको छ । ‘जनता रिसाएरै आफूलाई बढारेको’ धारणासहित उसले मतदातालाई धन्यवाद दिन घरदैलोमा जाने निर्णय गरिसकेको छ । यसले पनि एमाओवादी सहमतिको राजनीतिबाट अलग हुन सक्दैन भन्ने सन्देश दिएको छ । यसर्थ, नेपाली जनताको चाहना र भावनाको कदर गर्दै समयमै संविधान निर्माण गरी मुलुकको राजनीतिक गतिरोध चिर्नु दलहरुको पहिलो दायित्व हो ।
राजनीतिक दलका नेताहरुले पहिलो संविधानसभाबाट पाठ सिकेर प्राप्त उपलब्धिहरुको रक्षा गर्दै बाँकी रहेका जिम्मेवारीहरुलाई इमानदारिताका साथ सम्पन्न गर्नुपर्छ । विगतका ६ वर्ष संविधान निर्माणभन्दा पनि सत्ताकै खेलमा केन्द्रित रहेका दलहरु इतिहासमै पहिलोपटक आलोचित भएका थिए । दलहरुका अदूरदर्शी सोच र कार्यशैलीले मुलुक अनिर्णयको बन्दी बनेको थियो । जनआकांक्षा र राष्ट्रिय आवश्यकताअनुसार अगाडि बढ्न दलहरुलाई अवसर दिँदै यसपटक जनताले विवेकसम्मत मतदान गरेका छन् । अघिल्लो संविधानसभामा जस्तै सरकार गठनको किचलो र विवाद झिकेर समय खेर नफाल्न आममतदाताले सचेतसमेत गराएका छन् । दलहरुले पाएको मतलाई विश्लेषण गरेर दम्भ र आक्रोश प्रदर्शन गर्नुभन्दा अघिल्लो संविधानसभाका अधुरा मुद्दाहरु समाधान गर्न सहमतिको नयाँ यात्रा आरम्भ गर्नुपर्छ । सबैको प्रतिनिधित्व र अस्तित्व प्रतिबिम्बित हुनेगरी संविधानसभामा सहभागी नहुने असन्तुष्ट पक्ष, मतपरिणामलाई आत्मसात् गर्न नसकेका दलहरुसँग सहकार्य र सहमति जुटाउनु पहिलो आवश्यकता हो ।

Related Posts

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

जो बाइडनको कार्यकालबाट अपेक्षा

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

Discussion about this post

अन‌ि यो पनि

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन
प्रमुख समाचार

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

खैरहनी माघ ९ गते । चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ ।...

Read more
विद्यालयलाई युथ क्लबको सहयोग

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In