ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निष्काम कर्मयोगको दर्शन

by चितवन पोष्ट
२०७० मंसिर ९, आईतवार ०८:०४ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

निष्काम कर्मयोगको दर्शन
-आचार्य लक्ष्मण भण्डारी
मानिस केही पनि नगरी त्यसै बस्न सक्दैन । हरेक पल, हरेक क्षण उसको प्रयास केही न केही गरिरहनुमै हुने गर्दछ । आज जति पनि विकास, निर्माण र अनेकन आविष्कारहरु भएका छन्, यी सबै मानिस केही न केही नगरी बस्नै नसक्ने स्वभावका परिणाम हुन् । अर्थात्, मान्छे जहिले पनि गतिशील हुनुपर्दछ । जीवन भन्नु नै त्यही गतिशीलताको नाम हो । हिजो जे हामीसँग थिए, ती आज छैनन् । कि हिजोभन्दा धेरै छन्, कि हिजोभन्दा थोरै छन् । हाम्रा प्राप्ति र उपलब्धिहरुमा यसरी परिवर्तन देखा परिरहनुका पछाडि हाम्रो स्वभावमा देखा परिरहने परिवर्तनको नै हात रहेको हुन्छ ।
जीवन भन्नु नै यही गतिशीलता हो । जीवनभर हामी गतिशील भएर लाग्नुपछाडिको अर्थ भनेकै जीवन हुनुको साक्षात् प्रमाण हो । हामी प्रकृतिका निर्माण हौँ । हाम्रो जीवन भन्नु पनि प्रकृतिको प्रमाण हो, किनभने हाम्रा प्रत्येक चासो र आवश्यकताहरु यही प्रकृतिसँग जोडिएका छन् ।
भन्न त हामीले आपूmलाई सर्वमान्य भन्दछौँ । ‘म नै समाजको ठूलो मान्छे’ भनेर हामीले स्वयम्लाई प्रस्तुत गर्ने गर्दछौँ । स्वाभाविक रुपमा समाजमा प्राप्त गरेको संस्कारले हामीले आपूmलाई यसरी प्रस्तुत गर्ने कुरा अन्यथा होइन । तर, सूक्ष्म तरिकाले विचार गर्ने हो भने हामीले भन्ने गरेको यो ‘म’ को अस्तित्व कतै भेट्दैनौँ । हामीले ‘मेरो शरीर’ भनेर आपूmलाई शरीर भन्ने ठान्दछौँ वा शरीरको मालिक भन्ने ठान्दछौँ । ध्यानदृष्टिले विचार गर्ने हो भने हामीले यसरी आफ्नो स्वामित्व ग्रहण गर्ने आधार कतै फेला पार्न सक्दैनौँ ।
हामी मानौँ ४० वर्षका छौँ । हामी चालीस वर्षदेखि निरन्तर यो शरीरमा रहँदै आएका छौँ । बोल्ने, खाने, हिँड्ने, दुःखी हुने, सुखी हुने आदि इत्यादि सबै गर्दै आइरहेका छौँ । यति हुँदाहुँदै पनि हामी कसरी बोलिरहेका छौँ भन्ने हामीलाई थाहा छैन । खाएको खाना कसरी पेटभित्र गएर रगतमा मिसिँदै शरीरको पोषण बन्दछ भन्ने कुरा भन्ने सत्यको कुनै छेकछन्द हामीलाई थाहा हुँदैन । आँखाले कसरी देखिरहेको छ र कानले कसरी सुनिरहेको छ भन्ने सत्य पनि हामीलाई थाहा छैन ।
यति भएर पनि हामी बोलिरहेकै छौँ, हिँडिरहेकै छौँ । भोजन मीठो भएको स्वाद हाम्रो जिब्रोमा छ या खाएको भोजनमा, थाहा नभएर पनि हामीले खाइरहेका छौँ । यी सबै हामीले स्वाभाविक रुपमा गरिरहेका छौँ । प्रकृतिले जन्मजात सबै विषयबारे हामीलाई आवश्यक ज्ञान र जानकारी प्राप्त गर्न सक्ने शक्ति दिएर पठाएको छ । जीवन सञ्चालन कति सुखद र सहज बनाउने भन्ने सन्दर्भमा हामी पशुभन्दा पृथक् होऊँला, चिन्तन–मनन् र विवेकसङ्गत विकास र उन्नतिका लागि हामी निश्चय नै पशुभन्दा भिन्न होऊँला, तर आधारभूत प्राकृतिक संरचनाबारे भने पशु र हामी मनुष्यमा खासै भिन्नता छैन ।
एउटा पशुले पनि उसको शरीरका लागि खान हुने र नहुने पदार्थ छुट्याउन सक्दछ । आपूmलाई आक्रमण गर्ने शत्रुबारे उसलाई राम्ररी थाहा हुन्छ । भोजन, निद्रा, भय र आहार यी पनि मानिस र पशु दुवैका आवश्यकता हुन् । तर, प्रकृतिले मान्छे र पशुमा निर्माण गरेको शरीर संरचना एवम् त्यसभित्र विद्यमान चेतनाको जुन रहस्य छ, त्यो केवल प्रकृतिलाई थाहा हुन्छ, अरुलाई हुँदैन ।
हाम्रो भविष्य कस्तो होला, हामीले केके प्राप्त गरौँला वा केके गुमाऔँला, त्यसको सामान्य अनुमानबाहेक ठोस केही भन्न सक्ने हाम्रो हैसियत हुँदैन । निश्चय पनि हामीले गर्ने अनुमान अधिकांश मिलेको हुन सक्दछ, तर सधैँ उस्तै हुन्छ भन्ने हुँदैन ।
एक जना विद्वान्ले भनेका छन्, ‘प्रकृतिले हामीलाई हाम्रो मृत्यु कहिले र कसरी होला भन्ने रहस्य थाहा दिएको हुँदैन । हरेक व्यक्ति आफ्नो मृत्युप्रति त्यसरी नै बेखबर हुन्छ । यसरी हामी हाम्रो मृत्युबारे अनभिज्ञ बनाएर प्रकृतिले ठूलो गुन लगाएको छ । भोलिको भविष्य पनि यस्तै हुन्थ्यो भन्ने थाहा हुने हो भने हामी अल्छी हुनेथियौँ । हामी निराशा र पीडामा बाँच्न बाध्य हुनेथियौँ भने सफलता र प्रसन्नतालाई पर्खन सक्ने धैर्य गुमाउने थियौँ ।
हामीले आपूmलाई सबै सफलता वा सिद्धिको कारक ठान्नुहुँदैन । हामी केवल, माध्यम हौँ । हामीले केवल प्रयत्न गर्नुछ । हाम्रो पहिचान भनेकै गतिशीलता हो । हामी केवल गतिशील हुन सक्दछौँ, तर गतिशील हुँदा जेजति प्राप्त हुने हो, त्यो प्राप्तिका कारक हुन सक्दैनौँ । हामीले काम गर्ने मात्र हो । हामीले कति पाउने भन्ने कुरा हाम्रो कामको आधारमा प्रकृतिले निर्धारण गर्ने हो ।
गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ ः
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।
योगस्थः कुरू कर्माणि सङ्गम् त्यक्त्वा धनञ्जय ।
सिद्धयसिद्धयोः समो भूत्वा समत्वं योग उच्यते ।।
(अर्जुन, तिम्रो अधिकार कर्म गर्नका लागि हो, फल पाउनका लागि होइन । यसैले, तिमी कर्मको फलका कारण नबन । तिमी कर्महीनताप्रति पनि आसक्त नहोऊ । आसक्तिलाई त्यागेर सफलता र असफलताजस्तो दुवै अवस्थाहरुमा पनि कर्मयोगमा स्थित भएर आफ्ना कर्तव्यहरु निर्वाह गर । यही समत्वको अवस्थालाई नै योग भनेर भनिन्छ ।)
हामीलाई कर्म गर्नबाट कसैले पनि रोक्न सक्दैन । हामीलाई प्रकृतिले नै ‘काम गर्’ भनेर पठाएको छ । जीवन भन्नु नै कर्म गर्नुको दोस्रो नाम हो । त्यसैले, हामी केही पनि नगरी बस्न सक्दैनौँ । हामीले कर्मभन्दा धेरै फलको चिन्ता गर्दछौँ र बिग्रिएको छ । जीवनका लागि कर्म र अधिकार दुवै उत्तिकै आवश्यक छन्, तर अधिकारको आधारभूमि भनेको कर्म हो । के पाउने, कति पाउने वा कसरी पाउने भन्ने कुरा हामीले कस्तो काम कसरी गर्दछौँ भन्ने कुराले निर्धारित गर्दछ ।
निश्चित रुपमा हाम्रा अनेक उद्देश्य हुन्छन् । मनुष्य त झन् अनेक उद्देश्यहरुले भरिएको हुन्छ । त्यसैले, विभिन्न उद्देश्यका साथ उसले काम गरेको हुन्छ । उद्देश्यबिनाको काम र गन्तव्यबिनाको यात्राको कल्पना कसैले पनि गर्न सक्दैन । तर, गन्तव्यमा पुगिन्छ नै भन्ने कुनै ग्यारेन्टी भने हुँदैन । हामीले लिएका उद्देश्य र चाहनाहरु पूरा हुन्छन् नै भन्ने पनि कुनै ग्यारेन्टी हुँदैन । यात्रा हो, विभिन्न घुम्ती र मोडहरुबाट गुज्रनु पर्ने हुन्छ । हामी सतर्क हुँदाहुँदै पनि दुर्घटना हुन्छ । त्यतिखेर, हामीले सोचेजस्तोे हुँदैन । हामीले सोचेजस्तो नहुने अवस्थालाई पनि हामीले स्वीकार गर्नुपर्ने हुन्छ ।
गीतामा श्रीकृष्णले अर्जुनमार्पmत हामीलाई कामको अधिकार छ, तर फलको अधिकार छैन भन्नुको विज्ञान पनि यही हो । जीवन रहेसम्म हामीले चाहेको काम गर्न सक्दछौँ । काम गर्ने अधिकारबाट हामी कहिल्यै वञ्चित हुन सक्दैनौँ । सत्य कुरा के हो भने हामीले गर्ने ती तमाम कामका परिणाम सुखद नै हुन्छन् भन्ने हुँदैन । एउटा सोचेको अर्को भइदिन्छ, कहिलेकाहीँ । त्यतिबेला, फलको अधिकार आपूmसँग नभएको सत्य सम्झिएर हामीले आपूmलाई सम्हाल्न सक्दछौँ ।
हामीले आपूmलाई कर्मका फलको कारण सम्झनुहुँदैन । कर्मफलमा हाम्रो अधिकार हुँदोरहेनछ भन्ने ठानेर काम गर्न छोड्नु पनि हुँदैन । यदि हामीले कर्मफलप्रति हाम्रो अधिकार नहुने ठानेर कर्म गर्न छोड्यौँ भने त्यसले हाम्रो जीवनको गतिलाई नै समाप्त गरिदिन्छ । कर्महीनताप्रतिको आसक्ति बढेर जाँदा न धन प्राप्त गर्न सकिन्छ, न त धर्म नै । कर्म नै धन र धर्मप्राप्तिको मूल हो ।
त्यसैले, कृष्णले गीतामा निष्काम कर्मयोगको कुरा गर्नुभएको हो । हामीले आज यस्तै निष्काम कर्मप्रति ध्यान दिनु परेको छ । कर्म गर्नु हाम्रो धर्म हो । कर्मबिना धर्म हुन सक्दैन । निष्काम कर्मको अर्थ कर्महीनता होइन । यसको अर्थ निरूद्देश्य कर्म पनि होइन । निष्काम कर्म भनेको कर्म र फलबीचको सन्तुलन कायम गर्ने उपयुक्त विज्ञान हो ।
फलप्रति आसक्त भएर गरिएका कर्महरु कहिल्यै पनि पवित्र हुँदैनन् । जब हामीले गरेका कामहरु अपवित्र हुन्छन्, तिनका फलहरु पनि अपवित्र हुन्छन् । अपवित्र कर्मका कारण हामीभित्र पनि अपवित्रताको विकास भएर जान्छ । र, मनुष्यको जीवनको सार्थकता अपवित्रता कदाचित् होइन ।
जब तपाईं निष्काम कर्ममा विश्वास गर्नुहुन्छ, तब तपाईंमा आन्तरिक एवम् बाह्य दुवै रुपमा शुद्धताको जन्म भएको हुन्छ । निष्काम कर्मयोगको विश्वासका कारण तपाईं–हामीले गर्ने कर्महरुले दिने सुखद वा दुःखद्, जुनसुकै परिणाममा पनि हामी हतप्रभ हुने अवस्था सिर्जना हुँदैन ।
यदि हामीले गर्ने कर्मको फलप्रति हामीभित्र पैदा हुने जुन आसक्ति हुन्छ, त्यसलाई त्यागेर कर्मका सफलता वा असफलता दुवै अवस्थाहरुमा समान धारणा बनाएर कर्मयोगमा सहभागी हुन सकेका खण्डमा हामी यथार्थमा कर्मयोगी बन्न सक्दछौँ । यस्ता कर्मयोगीलाई नै निष्काम कर्मयोगी भनेर भनिन्छ ।
कुनै पनि काम सुरू गर्नुअघि एउटा निश्चित उद्देश्यका साथ हामीले सुरू गर्ने कुरालाई अन्यथा भन्न सकिँदैन, तर त्यो कामको फल यस्तो–यस्तो र यति–यति हुन्छ वा हुनुपर्दछ भनेर नयाँ काम सुरू गर्नुको अर्थ सकाम कर्ममा सहभागी हुनु हो । आपूmले निश्चित उद्देश्यका साथ गरिएका कामहरु निष्ठा, लगनशीलता र ध्यानका साथ गर्दै जाँदा जेजति सफलता वा असफलता प्राप्त हुन्छन्, तिनलाई हर्षका साथ स्वीकार गर्ने शक्ति वा प्रवृत्ति नै वास्तवमा निष्काम कर्मयोग हो ।
सकाम कर्मका कारण नै हामी दुःखका अधिकारी भएका हुन्छौँ । हामीले असफलता वा अप्राप्तिहरुलाई स्वीकार गर्न नसक्नुको कारण भनेकै हाम्रो अति कामना र आसक्तिसहितको कर्म हो । हाम्रा कर्महरु पवित्र होऊन्, निर्मल होऊन् र आसक्तिहीन होऊन् भन्नका लागि नै ‘निष्काम कर्मयोग’ को चर्चा गरिएको हो । मान्छे स्वयम्मा पनि पवित्रता पैदा होओस्, उसका कारण मानवीय जीवन सुखमय र सौहार्दमय बन्न सकोस् अनि दैवी आनन्द, प्रेम र सुख प्राप्त गरेर उसँगै समग्र मानवीय सभ्यतासमेत पुलकित बन्न सकोस् । यही नै निष्काम कर्मयोगको विज्ञान हो ।

Related Posts

धर्म जीवनको खोज हो

जीवनमा खुसीको महत्त्व के छ !

धर्म जीवनको खोज हो

धर्म जीवनको खोज हो

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In