ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जनमतको कदर गरिनुपर्छ

by चितवन पोष्ट
२०७० मंसिर ९, आईतवार ०८:०२ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

 
संविधानसभाको दोस्रो निर्वाचनका प्रत्यक्षतर्फका सबै अन्तिम परिणामहरु सम्भवतः आजसम्म सार्वजनिक भइसक्ने छन् । नयाँ संविधान बन्ने आशा र विश्वासमा अहिले आमनागरिक रहेका छन् र आगामी एक वर्षभित्र संविधान बनिसक्ने आश्वासन पनि जिम्मेवार नेताहरुले दिइरहेका छन् । यसैबीच, सन्तोषजनक परिणाम प्राप्त गर्न नसकेको एनेकपा माओवादीले चुनावमा धाँधली र षड्यन्त्र भएको भन्दै यो निर्वाचनलाई स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको छ । आफ्नो पक्षमा निर्वाचनको परिणाम नआउँदा र पराजयलाई सहज रुपमा स्वीकार गर्न नसकेर एनेकपा माओवादीले यस्तो निर्णय गरेको हुनुपर्छ । लोकतान्त्रिक पद्धति र संसदीय व्यवस्थालाई स्वीकार गरेर आइसकेको सो पार्टीले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएर दुनियाँ हँसाउने काम मात्र गरेको छ । 
यसपटकको निर्वाचन विगतका निर्वाचनहरुको तुलनामा शान्त र स्वच्छ रुपमा सम्पन्न भएको कुरालाई सबैजसो नेपालीले स्वीकार गरिसकेका छन् । राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय जगत्ले समेत यो निर्वाचनको प्रशंसा गरिरहेको प्रसंग यहाँ स्मरणीय हुन सक्तछ । ठोस प्रमाणबिना र मात्र कल्पनाको सहारा लिएर आएको यस्तो प्रतिक्रियाले एमाओवादीको प्रतिष्ठामा ह्रास आउने काम मात्र गरेको विश्लेषण अहिले राजनीतिक पर्यवेक्षकहरुले गरिरहेका छन् । जनताको ताजा जनादेशअनुसार अहिले एक नम्बरबाट तीन नम्बरमा झर्न पुगेको यो पार्टीले जसरी भए पनि जनभावना र जनमतको कदर गर्नुभन्दा अरु कुनै विकल्प देखिएको छैन ।
काठमाडौँको १० नं. क्षेत्रमा ठूलो मत अन्तरले प्रचण्ड पराजित हुने अवस्था देखेपछि मात्र एनेकपा माओवादीले यस्तो अप्रिय निर्णय गरेको हुनुपर्छ । तर, काठमाडौँमा हारे पनि सिरहामा प्रचण्डले चुनाव जितेका छन् । उनीविरूद्ध यदि धाँधली भएकै हुन्थ्यो भने सिरहामा पनि उनी पराजित हुनुपर्ने थियो । जसरी पनि जित्नुपर्ने अहम्वादी मानसिकता बोकेको उक्त पार्टीले यसपटकको निर्वाचन परिणामबाट गम्भीर पाठ सिक्नुपर्ने स्थिति उत्पन्न भएको छ । प्रतिकूलतालाई पनि अनुकूलतामा बदलेर भावी राजनीतिक मार्गचित्र तयार गर्न हामी प्रचण्डसँग आग्रह गर्दछौँ ।
राष्ट्रपति डा. रामवरण यादवदेखि लिएर युरोपियन युनियन, कार्टर सेन्टरलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले आफ्नो निर्णयमा पुनर्विचार गर्न र संविधान निर्माणको प्रक्रियामा सहजतापूवर्क प्रवेश गर्न एनेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन् । निर्वाचनको परिणाम नस्वीकार्नु भनेको प्रजातन्त्रविरोधी चरित्र मानिन्छ । संविधान लेखन प्रक्रियालाई सहजतापूर्वक प्रारम्भ गरेर एनेकपा माओवादीले प्रजातान्त्रिक आचरण र व्यवहार प्रदर्शन गर्नु अहिलेको प्रमुख आवश्यकता हो । अहिले नेपाली जनता जिम्मेवार राजनीतिक दलहरुबाट जिम्मेवारपूर्ण कार्य र व्यवहारको प्रतीक्षा गरिरहेका छन् । यसैक्रममा एनेकपा माओवादीका अध्यक्ष प्रचण्डबाट पनि हामी सकारात्मक निर्णयको अपेक्षा गरिरहेका छौँ ।

Related Posts

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

जो बाइडनको कार्यकालबाट अपेक्षा

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

Discussion about this post

अन‌ि यो पनि

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन
प्रमुख समाचार

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

खैरहनी माघ ९ गते । चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ ।...

Read more
विद्यालयलाई युथ क्लबको सहयोग

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In