नारायणगढ । संविधान सभा निर्वाचनबाट विजयी भएका चितवनका उम्मेदवाहरुले शनिवार आफ्नो क्षेत्रमा विजय जुलुस निकालेर जनता माझ गएका छन् । जिल्लाको पाँचै क्षेत्रमा उम्मेदवारहरुले ¥याली निकालेका हुन् । जिल्लाको क्षेत्र १ मा विजयी भएका नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पर्साबाट विजय जुलुस निकालेका थिए ।
आफ्नो अमूल्य मत खेर नगएको भन्दै क्षेत्र एकका मतदाताहरुले नेता पाण्डेलाई आफ्नो मतको मूल्याङकन गर्दै दिएको जिम्मेवारी पूरा गर्नको लागि सुझावसमेत दिएका छन् । विजय जुलुललाई सम्वोधन गर्दै नेता पाण्डेले आफू र आफ्नो पार्टीप्रति सम्मान गर्दै मतदान गर्ने सवैलाई धन्यवाद दिएका छन् । जनताले दिएको अमूल्य मतलाई कदर गर्दै संविधान र विकासलाई आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले मतदान गर्ने नगर्ने सवैमा समान दृष्टिबाट आफूले हेर्ने र अवसरलाई समान वितरण गर्ने बताए । उनले संविधान निर्माणमा सहयोग गर्ने उत्कृष्ट प्रतिनिधिहरुलाई समेतसँगै लैजाने बताए । कार्यक्रममा एमालेका नेता जागृतप्रसाद भेटवालले निर्वाचनभन्दा अगाडि गरेका वाचालाई नभुली काम गर्न आग्रह गरे ।
मतलाई मूल्याङकन गर्दै अवसर र प्राथमितकताई ध्यान दिन अनुरोध गरे । जनताले संविधान संविधान निर्माणको लागि पठाएको भन्दै सवै भन्दा पहिला त्यही काम गर्न सुझाव दिए । विजय जुलुस पर्सा, खैरहनी, वैरहनी, भण्डारा, पिप्ले हुँदै लोथरमा पुगेर सम्पन्न भएको थियो । जुलुसमा हजारौंको सहभागिता रहेको थियो ।
‘अखण्ड चितवनलाई जोड दिन्छु’
एमालेबाट चिवतन क्षेत्र ३ मा विजयी भएका कृष्णभक्त पोखरेलले नयाँ संविधानमा पार्टीको घोषणाअनुसार अघि बढ्ने बताउनुभएको छ । एमालले शनिबार निकालेको विजय जुलुसपछि भएको सभामा पोखरेलले आफूले चितवनआसपासलाई समेट्ने गरी अखण्ड चितवनमा जोड दिने बताउनुभयो । । विजय जुलुसले भरतपुर नगर परिक्रमा गरेको थियो । जुलुसमा हजारौं सहभागी थिए । उहाँले आफूलाई जिताउने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै आफू सधैँ जनतासँगै नजिक हुने र जनताको सुखदुःखमा साथ दिने बताउनुभयो ।
Discussion about this post