चितवनमा २ लाख १६ हजार ३८५ मत खस्यो
९ हजार ४६३ मत बदर
-दिपेन्द्र अधिकारी
भरतपुर । संविधानसभाको दोस्रो चुनावमा चितवनमा कुल २ लाख १ ६ हजार ३८५ मत खस्यो । चितवनमा कुल मतदाता संख्या २ लाख ७३ हजार ८०३ जना मतदाता रहेका थिए । ५७ हजार ४१८ जनाले चुनावमा भाग लिएनन् । चुनावमा खसेको मतमध्ये ९ हजार ४६३ मत बदर भए । बदर भएपछि उल्लेखित संख्याको मतको कुनै मूल्य नै रहेन ।
चुनावको समयमा उम्मेदवारको हारजितका लागि एक भोट नै निर्णयक भए पनि चितवनमा यसपटक ९ हजारभन्दा बढी भोट बदर हुँदा मतदाता शिक्षा कमजोर भएको धेरैले तर्क गरे । कांग्रेस, एमाले, एनेकपा माओवादी र राप्रपाबाहेकका अन्य साना दलले पाँच वटा निर्वाचन क्षेत्रमा प्राप्त गरेको मत जोड्ने हो भने बदर मत ९ हजारभन्दा केही मात्र बढी हुन पुग्यो ।
जम्मा २ लाख ७३ हजार ८०३ जना मतदाता रहेका थिए । निर्वाचन क्षेत्र नम्बरअनुसार सवैभन्दा बढी क्षेत्र १ मा मत बदर भएको छ । जहाँ २ हजार १६२ मत बदर भएको छ । क्षेत्र २ मा १ हजार २४० मत, क्षेत्र ३ मा १ हजार ४७० मत, क्षेत्र ४ मा २ हजार १० र क्षेत्र ५ मा १ हजार ८८१ मत बदर भएको छ ।
Discussion about this post