अन्ततः देशमा नया“ संविधानसभाका लागि चुनाव पनि भयो र त्यो अत्यधिक सफल पनि
रह्यो । पहिलो संविधानसभा निर्वाचनपछि पटकपटक समय थप्दा पनि संविधान निर्माण हुन नसकेपछि अहिलेको दोस्रो संविधानसभाको निर्वाचनले भने जनतामा सवत्र्र आशा जगाएको देखिन्छ । थप गरिएको समय केवल सत्ताको लुछाचु“डीमा मात्र व्यर्थ गएको अवस्थालाई हेर्दा दलीय प्रवृत्ति नै संविधान आउनै नसक्नुमा प्रमुख कारकसमेत
रह्यो । देशमा गणतन्त्रको स्थापना धेरै पहिले नै भइसके पनि त्यो राम्रोस“ग संस्थागत नभइसकेको हालको अवस्थामा अरू क्षेत्रजस्तै साहित्यको भूमिका पनि अहिले बढ्दै गएको देखिन्छ । हिजोका दिनहरूमा गणतान्त्रिक अभ्यासका क्रममा साहित्यले के–कस्तो बाटो अपनायो र अब आउने दिनहरूमा साहित्यको के–कस्तो भूमिका रहने छ भन्ने सन्दर्भ दोस्रो संविधानसभा निर्वाचनको नतिजा आउ“दै गरेको अवस्थामा अहिले मुद्दासमेत बन्दै गएको देखिन्छ ।
यतिखेर हामी देशमा दोस्रो संविधानसभाको परिणामलाई लिएर उत्साहित त भएका छौ“, तर गणतान्त्रिक मूल्यमान्यता भने अहिले पनि व्यवहारमा कतै प्रदर्शन भइरहेको स्थिति छैन । समाज रूपान्तरणमा असाध्यै महŒवपूर्ण भूमिका खेल्न सक्ने साहित्य मात्र सुन्ने र सुनाउने अनि पढ्ने र पढाउने कुरामा सीमित भैरहेको देखि“दा खास रूपमा जस्तो प्रकारको हस्तक्षेप हुनुपर्ने हो, त्यो हुन सकेको छैन । लेखकहरू सामाजिक उत्तरदायित्वको बोधस“गै लेखकीय सत्ताका लागि समेत लड्न समर्थ भैदिने हो भने दलगत रूपमा राजनीतिक गुलाम बन्नुपर्ने आवश्यकता नै
पर्दैन । हालको साहित्य सहरकेन्द्रित हु“दै जानु र आधुनिकताको स्वरूपमा छाडा संस्कृतिलाई अवलम्बन गर्ने अवस्थाले लेखकहरू पनि देशका जिम्मेवार र महŒवपूर्ण नागरिक हुन सक्छन् भन्ने मान्यतामाथि ठूलो तुषारपात भैरहेको छ ।
संविधान लेखनमा हिजोका सभासद्हरू असफल भएको स्थिति र अहिले नया“ सभासद्हरू अगाडि आइरहेको सन्दर्भमा लेखकहरूले समेत आ–आफ्ना वैचारिक आन्दोलनहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउनु पर्ने खा“चो छ । आजसम्म लेखिएको साहित्य र भोलिका दिनहरूमा लेखिने साहित्यलाई लिएर बृहद् रूपमा छलफल गर्नु त जरुरी छ नै, अझ नेपाली राजनीतिलाई मूलधारमा ल्याउने जिम्मेवारी बौद्धिक प्राणीसमेत मानिने लेखकहरूका का“धमा आएको छ । आज पनि साहित्य राजनीतिक चक्रव्यूहमा नै रुमल्लिरहेको प्रतीत हुन्छ । प्रायः लेखकहरू राजनीतिक रूपमा गोटी भइरहेको अहिलेको अवस्थामा सबैभन्दा ठूलो सकस साहित्यलाई पुगेको छ, जुन भोलिका लागि घातक सिद्ध हुने खतरा छ ।
सम्पूर्ण साहित्यकर्मीहरूले अब खास तप्का र वर्गको मात्र प्रतिनिधित्व गर्न छोडेर सम्पूर्ण रूपमा गणतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्न र गराउने प्रक्रियालाई अघि बढाउनु पर्ने देखिन्छ । देशका कुनाकाप्चामा लेखिने साहित्य वर्तमान समकालीन चेतनामाथि नै केन्द्रित गर्न अति आवश्यक भैसकेको छ । समाजलाई पर राखेर लेखिने साहित्यले कहिल्यै पनि समग्रतामा देशलाई प्रतिनिधित्व गर्न सक्दैन । वास्तविक साहित्य त त्यो हो, जुन प्रायोजित हु“दैन र निर्धारित गरिएको लोभलाग्दो आकर्षणभन्दा निकै माथिसमेत उठ्छ, ताकि वर्तमान समयले उठाएका ती यावत् प्रश्नहरूमाथि हस्तक्षेप हुन सकोस् ।
Discussion about this post