तनहुँ २ मा पौडेल विजयी

अन‌ि यो पनि

        तनहुँ ।    दमौली । तनहुँ क्षेत्र नं २ बाट नेपाली काँग्रेसका रामचन्द्र पौडेल विजयी हुनुभएको छ । उहाँले १८ हजार १४९ मत प्राप्त गर्नुभएको छ । पौडेलका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का किसानलाल श्रेष्ठले ११ हजार ७३९ र एमाओवादीका मदन आलेले चार हजार ४९३ मत प्राप्त गर्नुभएको छ । उपसभापति रामचन्द्र पौडेलले यो निर्वाचनमा आएको परिणामलाई समग्र नेपालीको जितका रूपमा लिनुपर्ने भन्दै आफ्नो जितलाई लोकतन्त्रको जित भएको महसुस गरेको बताउनुभएको छ ।
संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट विजयी भएपछि पत्रकारहरूसँग कुरा गर्दै उपसभापति पौडेल देशको अग्रगामी विकासका लागि अब नेपाली जनताको संविधान बनाउनुपर्ने बताउनुभयो । उपभापति पौडेलले नेपाली काँग्रेस र नेकपा (एमाले)को विजयलाई लिएर एमाओवादीलाई नआत्तिन आग्रह गर्दै सबै मिलेर संविधान निर्माणको कामलाई अघि बढाउनुपर्छ भन्नुभयो ।
“काँग्रेस, एमालेको जितलाई लिएर चिन्तित नहुन म एमाओवादीलाई आग्रह गर्छु, सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँगको वार्तामा उहाँले वार्ता र संवादबाटै अघि बढ्छु भन्नुभएकाले म पनि उत्साहित भएको छु”, उपसभापति पौडेलले भन्नुभयो । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया