पछिल्लो ६ महिनादेखि एचपी ग्यास अभाव भन्दै कावासोतीका ग्यास व्यवसायी आन्दोलित रहेको समाचार यसै दैनिकमा गत ९ गते छापियो । यस्तै समस्या चितवन जिल्लामा पनि यथावत् रहेको पाइन्छ । प्रत्येक ग्यास वितरक एवम् उपभोक्ताको घरमा एचपी ग्यासको सिलिन्डर धेरै नै रहेको पाइन्छ । उपभोक्ताहरु एचपी ग्यास सिलिन्डर लिएर ग्यास लिन जाँदा अरु ग्यास दिँदैनन् । अब उपभोक्ताहरु र वितरकहरुले एचपी ग्यास सिलिन्डर थुपारेर मात्र राख्ने कि साट्ने ? या ग्यास पाउने व्यवस्थाका लागि कावासोती ग्यास व्यवसायीसँग एक्यबद्धता जनाउँदै चितवनवासी ग्यास वितरक एवम् उपभोक्ताहरु पनि आन्दोलित हुनुपर्ने आवश्यकता महसुस हुन थालेको अवस्थामा यथासम्भव सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गरोस् भनी आग्रह गर्दछु ।
— गोविन्दकृष्ण श्रेष्ठ
(हाईस्कुलरोड, रनपा–२, टाँडी, चितवन)
Discussion about this post