ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्वाचनको परिणामलाई स्वीकारौँ

by चितवन पोष्ट
२०७० मंसिर ७, शुक्रबार ०५:१५ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

ऐतिहासिक संविधानसभाको निर्वाचन मतगणनामा प्रारम्भिक नतिजाअनुसार लोकतान्त्रिक पद्धति र बहुदलीय प्रजातन्त्रमा आस्था राख्ने नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । कांग्रेससँग प्रायः सबै मुद्दामा साझा दृष्टिकोण राख्ने नेकपा एमाले प्रतिस्पर्धीका रुपमा दोस्रो स्थानमा अग्रता लिइरहेको छ । संविधानसभाको पहिलो निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एमाओवादी तेस्रो स्थानमा झरेको छ । २०६४ को निर्वाचनमा प्रत्यक्षतर्फ नै १ सय २० स्थानमा विजयी बनेको यो दल अहिलेको परिणाम स्वीकार गर्न सकिरहेको छैन । उसले मत परिणामको प्रारम्भिक नतिजाबाटै पराजय महसुस गर्दै मत परिणाम बहिष्कार गर्ने जनाइरहेको छ । प्रतिष्ठाको हिसाबले सबैभन्दा चर्चामा रहेको काठमाडौँ क्षेत्र नं. १० मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले पराजित भएपछि निर्वाचन निष्पक्ष नभएको भनेर पत्रकार सम्मेलन नै गरी एमाओवादीबाट संविधानसभामै भाग नलिनेजस्तो गैरजिम्मेवार अभिव्यक्ति आइरहेको छ । जनताले दिएको मतको कदर गर्दै जनताको इच्छाबमोजिम संविधान बनाउने जिम्मेवार भूमिका निभाउनु पर्ने दलबाट यस्तो ‘हरूवा प्रतिक्रिया’ आउनु आश्चर्यको विषय हो !
लोकतान्त्रिक विधि र प्रक्रियामा भाग लिइसकेपछि जनताले दिएको मतको सम्मान गर्न सक्नुपर्छ । अशक्त, अपाङ्ग, वृद्ववृद्वासमेतले देशमा स्थायी सरकार, संविधान र बन्द–हड्तालबाट मुक्तिका लागि आफ्नो अमूल्य मत दिएका हुन् । जनताको मन जित्न नसक्नु, जनताको इच्छाविपरीत कार्य गर्नु, बन्द–हड्तालजस्ता जनविरोधी कार्य गर्नु दल स्वयंको कमजोरी हो । जनताले अघिल्लो संविधानसभामा उल्लेख्य मतसहित जिताएर पठाएकै हुन् । जनताले पटकपटक अन्धभक्त भएर विश्वास गर्छन् भन्ने दिवास्वप्न देख्नु एमाओवादीको प्रमुख कमजोरी हो । यस दलका अध्यक्ष प्रचण्ड भावी राष्ट्रपतिका सम्भावित नेतासमेत हुन् । उनले निर्वाचनको परिणामदेखि त्रसित भएर दिएको अभिव्यक्तिले जबर्जस्ती, हैकमवाद र अतिवादको संकेत देखाएको छ । नेपाली जनता एमाओवादीको जनयुद्धको नाममा गरिएका मानवताविरोधी हिंसालाई गलत सावित गर्दै शान्ति र लोकतन्त्रका पक्षमा देखिएका छन् ।
जनताले आत्मसम्मानका साथ शान्तिपूर्वक बाँच्न र श्रम गरेर खान चाहेका छन् । नयाँ शक्तिका रुपमा उदाएको एमाओवादीले दुई पटकसम्म सरकारको नेतृत्व ग¥यो । जनतालाई सपना देखाएर एमाओवादीले जनतालाई नै पटकपटक दुःखमात्र दिने गतिविधि जारी राखेपछि जनताले आफ्नो मताधिकार परिवर्तन गर्न बाध्य भए । आफू र आफ्नो दलले जितेमात्र संविधान बन्ने र नतिजा आफ्नो पक्षमा आए स्वच्छ र धाँधलीरहित हुने भन्ने प्रचण्ड तथा उनको दलको मान्यता पनि जनताले राम्ररी बुझिसकेका छन् । देश र जनतालाई सर्वोपरि ठान्ने र जनमतको कदर गर्न सक्ने व्यक्तिमात्र वास्तविक नेता बन्न सक्छ भन्ने तथ्य विगतका महान् नेताहरुबाट एमाओवादीको नेतृत्वले पाठ सिक्नुपर्छ । अहिले देशभरका जनता उत्साहित भइरहेका छन् र लोकतान्त्रिक संविधान बन्नेमा विश्वस्तसमेत देखिएका छन् ।
जनताले अब कुनै पनि प्रकारका बन्द–हड्ताल, आतंक र हिंसा चाहँदैनन् भन्ने लोकतान्त्रिक पक्षधरहरुको प्रारम्भिक नतिजा नै एउटा गतिलो प्रमाण हो । लोकतन्त्रमा हरेक दलको उत्तिकै भूमिका रहन्छ । जनताको चाहनाअनुसार चल्ने दललाई मात्र जनताले रूचाउँछन् । कांग्रेस र एमालेको परस्परको विजयी सुरूवात पनि यसैको एउटा उदाहरण हो । निर्वाचनबाट प्राप्त नतिजालाई स्वीकार गर्नु लोकतान्त्रिक संस्कार हो । जनताले क्रान्तिकारी पार्टीलाई पनि एक पटक ठूलो दल बनाएकै हुन् । र, अघिल्लो संविधानसभा निर्वाचनमा जनताको मतको कदर गर्दै कांग्रेस र एमालेले नतिजा स्वीकार गरेकै हुन् । एमाओवादीले विवेकसम्मत रुपमा जनमतको कदर गर्दै निर्वाचनको परिणाम स्वीकार गर्नुमै कल्याण देखिएको छ ।

Related Posts

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

जो बाइडनको कार्यकालबाट अपेक्षा

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

Discussion about this post

अन‌ि यो पनि

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन
प्रमुख समाचार

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

खैरहनी माघ ९ गते । चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ ।...

Read more
विद्यालयलाई युथ क्लबको सहयोग

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In