ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कति सचेत छन् त युवायुवतीहरु ?

by चितवन पोष्ट
२०७० मंसिर ७, शुक्रबार ०५:१४ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दुर्गा रेग्मी
 
नेपाली हिन्दू संस्कृतिमा विवाहका लागि १२ महिनामध्ये ६ महिना छुट्याइएको छ । हुन त, आजभोलि छुट्याइएका ६ महिनाबाहेक अन्य महिनामा पनि विवाह गर्ने प्रचलन बढ्दै गएको छ । मुख्यगरी वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिना विवाहको महिना वा लगनको महिनाका रुपमा चिनिन्छन् ।
आजभोलि दसैँेको टीकाको दिनमा र अन्य मह¤वपृूर्ण चाडपर्वका दिन पारेर पनि विवाह–बन्धनमा बाँधिने प्रचलन बढ्दै गएको छ । खासगरी विदेश गएका र विदेश जाने समय निश्चित भइसकेका व्यक्तिहरुका लागि लगनको महिना कुर्दा ढिला हुने भएकाले अन्य महिनामा राम्रो शुभसाइत हेरेर विवाह गर्ने गरिएको छ ।
भर्खरै लगनको महिना मंंसिर लागेको छ र माघ पनि आउँदै छ । मंसिरमा थुप्रै जोडी विवाह–बन्धनमा बाँधिएर आफ्नो दाम्पत्य जीवनलाई अगाडि बढाउन पुग्छन् । कतिले धुमधामसँग पञ्चै र नौमति बाजा बजाएर त कतिले सामान्य पारिवारिक जमघट गरेर विवाह गर्ने गर्छन् । पछिल्लो समय रोजगारी, आर्थिक सम्पन्नताको अभिलाषा र अन्य थुप्रै कारणले युवायुवती विदेशिने क्रम बढेको छ । विदेशिनेमा युवतीको तुलनामा युवाहरु बढी मात्रामा रहेका छन् । विदेशमा केही समय बसेर छोटो छुट्टीमा घर आएका समयमा विवाह गर्ने र कतिले सँगै लिएर जाने, कतिले केही समयपछि लैजाने र कतिले विवाह गरेर घरमा नै छोडेर जाने गरेका छन् । विवाहका लागि मात्रै पनि छोटो बिदा मिलाएर युवाहरु घर आउने र लगत्तै फर्कने समेत गरेका छन् ।
देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाका कारण पनि स्वदेशमा रोजगारी नपाएर नेपाली युवा ठूलो संख्यामा विदेशिएका छन् । लामो समय परिवारबाट टाढा रहेका युवायुवतीका बारेमा हाम्रो समाज र अभिभावकको धारणा बाह्य वा सतही रुपको मात्र रहेको छ । कुनै पनि अभिभावकले मुख्य गरी छोरीको विवाह गर्न केटाको खोजी गर्ने क्रममा विदेश गएर टन्न पैसा कमाएको केटा खोज्ने गरेका छन् । पैसाले नै सबै सुख दिने मान्यता अभिभावकहरुको देखिन्छ । यस्तै, विवाह गर्ने केटीले पनि विदेश गएको केटा नै रोज्ने परिपाटी देखिन्छ । यसमा दुईवटा कारण छन् । एक त, विदेश गएको केटासँग सम्पत्ति हुन्छ, दोस्रो विदेश जान पाइन्छ । यी दुई कारणले मात्र जीवन सरल हुन्छ भन्ने सोचाइ अभिभावक र अहिलेको युवा पिँढीमा देखिन्छ ।
कुनै घरमा विदेश गएको केटा छोरी माग्न आयो भने केटीको अभिभावकको ध्यान पहिला केटाको आम्दानी अर्थात् विदेशबाट कति रकम घरमा भित्र्यायो, अनि छोरीलाई विदेश लान्छ या लाँदैन ? यी दुवै कुरा आफूअनुकूल भएमा अभिभावक त्यो केटालाई छोरी दिन तयार हुन्छन् । विवाहका समयमा शिरदेखि पाउसम्म पुरिने गरेर सुनका गहना र महँगा तथा आकर्षक लुगा भएपछि केटी पनि मख्ख, त्यसमाथि तत्काल वा केही समयपछि विदेश जान पाइने । ओहो ! आफूलाई विश्वकै सुखी र खुसी व्यक्तिका रुपमा सम्झन पछि पर्दैनन् । तर अहिलेसम्म कुनै पनि अभिभावक वा केटाकेटीले विवाहपूर्वको स्वास्थ्य परीक्षणका बारेमा कुरा उठाएका छन् त ? विवाहअघि एकअर्काको स्वास्थ्य परीक्षणको कुरा उठाउने कसैले आँट गरेका छन् त ?
यसको अर्थ यो होइन कि विदेशिने सबै नराम्रो काममा नै लागेका हुन्छन् । यो कुरा त स्वदेशमा नै रहेका युवायुवतीमा पनि लागू हुन्छ । तर विदेशमा बसेका युवायुवतीमा यो कुरा बढी मात्रामा लागू हुन्छ । विदेशको खुल्ला संस्कृति, विभिन्न देशका विभिन्न संस्कृतिका मानिसहरुको जमघट, परिवारबाट लामो समय टाढा रहनु पर्ने अवस्थालाई आशंकाको दृष्टिले हेर्नुपर्ने अवस्था आएको हो ।
विवाहका विषयमा अन्य सबै कुरामा विचार गरिए पनि अहिलेसम्म विदेश गएर आएका युवायुवतीको विवाहपूर्वको स्वास्थ्य परीक्षणलाई कत्तिको प्राथमिकतामा राखिएको छ ? अध्ययन नै गर्ने हो भने पनि एक प्रतिशत पनि छैन भन्न सकिन्छ, किनभने हामी नै त्यो समाजका तिनै व्यक्ति हौँ, जसले विवाहपूर्वको स्वास्थ्य परीक्षणलाई आवश्यकता नै हो भन्ने महसुस गर्दैनौँ ।
समय परिवर्तित भैरहेको छ । विश्व परिवेश सूचना, प्रविधि र विज्ञानको विकासले गर्दा साँघुरिँदै गएको छ । शिक्षाको विकासले गर्दा मानिस आफ्नो स्वास्थ्यका बारेमा सचेत हुँदै गए पनि जति सचेत हुनुपर्ने हो, त्यो हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनको तथ्यांकले पनि एचआईभी÷एड्स, हेपाटाइटिसलगायत अन्य कतिपय रोगहरु (जुन यौनसम्पर्कको माध्यमबाट सर्दछ ।) विश्वमा तीव्र रुपमा फैलिरहेको देखाएको छ । देशको सीमा र भूगोलको परिधिले व्यक्तिलाई एउटा देशबाट अर्काे देशमा जान रोक्न सकेको छैन । यस्तो अवस्थामा विदेशिने युवायुवतीहरु पनि सुरक्षित छन् वा स्वदेशमा रहेका युवायुवती नै सुरक्षित छन् भन्न सकिने अवस्था छैन ।
कुनै पनि युवायुवतीलाई विवाहपूर्व स्वास्थ्य परीक्षण गराउन आवश्यक छ । हाम्रो समाजमा रोगको लक्षण देखिएपछि मात्र अस्पताल जाने र परीक्षण गराउने प्रचलन रहेको छ, जसले गर्दा रोगले धेरै नै प्रभाव पारिसकेको हुन्छ । विवाहपूर्व स्वास्थ्य परीक्षण गराउँदा स्वयम् व्यक्ति, उसको परिवार र भावी दाम्पत्य जीवनका लागि पनि कुनै शंकाको घेरा रहँदैन । आफू, परिवार र भावी जीवनसाथीको पनि मन खुसी हुन्छ, जसले गर्दा जीवनलाई अगाडि बढाउन सहज र सरल हुन्छ ।
विवाहपूर्व युवायुवती कसैले पनि स्वास्थ्य परीक्षणको कुरालाई मात्रै नकारात्मक दृष्टिले हेर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तो सावित हुन सक्छ । स्वास्थ्य परीक्षणको कुरालाई चरित्रमाथि औँला उठाएको भन्ने नबुझी सहज र सरल तरिकाले लिँदै केटाकेटी दुवैले स्वास्थ्य परीक्षण गराउनु आजको आवश्यकता भैसकेको छ । हाम्रो समाजमा यदि कसैले युवायुवतीको स्वास्थ्य परीक्षणको कुरा उठाएमा केटा वा केटीपक्ष रिसाउने हुन् कि ? राम्रो घरको विवाहको कुरा टु्ट्ने हो कि ? भन्ने आशंकाले यस्ता कुरा कसैले पनि उठाउँदैनन् । अभिभावकहरुले यस्ता कुरामा भलै ध्यान नदिऊन्, तपाईं हामीजस्ता युवापुस्ताले आफ्नो जीवनको निर्णय गर्ने समयमा स्वास्थ्य परीक्षणको कुरालाई पनि मह¤व दिएर अगाडि कदम बढाउनुपर्छ । भविष्यमा पछुताउनुभन्दा पहिले नै सचेत हुँदा राम्रो हुन्छ । विवाहपूर्वका सबै कार्यहरु जस्तै, केटाकेटीको स्वास्थ्य परीक्षणलाई पनि एक मह¤वपूर्ण कार्य ठानाँै । रोगको लक्षण देखिएपछि अस्पताल गएर परीक्षण गराएजस्तै विवाहलाई पनि एक लक्षण मान्दै स्वास्थ्य परीक्षण गराउन जाआँै । यसको सुरूवात गर्न एक जोडी युवायुवतीले आँट गरेमा उनीहरुलाई साथ दिने धेरै जोडी अगाडि आउने छन् । त्यसैले, सुन्दर भविष्य र सुखी दाम्पत्य जीवनका लागि विदेशिनु भएका र स्वदेशमै रहनु भएका युवायुवतीहरुले आफ्नो विवाहपूर्व दुवै सँगै अस्पताल गएर स्वास्थ्य परीक्षण गराऔँ । यस कार्यलाई विवाहपूर्वको एक मह¤वपूर्ण कार्यका रुपमा लिने गरौँ, जसले सुन्दर र सुखी जीवनयापनका लागि मह¤वपूर्ण खुड्किलोको काम गर्नेछ ।
कतिपय परिवार टुट्ने गरेका उदाहरण पनि हामीले देखेका छौँ । कतिपय परिवार भित्रभित्रै गुम्सिएर बसिरहेका छन् । सम्पत्ति र विदेशको सयरमात्र जीवन सुख र खुसी बनाउने माध्यम पक्कै पनि होइन । सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो । विवाहअघिको स्वास्थ्य परीक्षणलाई हामीले जसरी कुनै प्राथमिकता दिएका छैनौँ, त्यसले पछि परिवार विखण्डनसम्मको अवस्था आउन सक्छ । विवाहपूर्वको स्वास्थ्य परीक्षणबाट हामी डराउनु पर्दैन । त्यसले त पछिका लागि सुखी जीवनयापनका लागि बाटो राम्रो बनाउँछ ।

Related Posts

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

Discussion about this post

अन‌ि यो पनि

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’
प्रमुख समाचार

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युँताउने...

Read more
कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In