भरतपुर । नारायणगढ लेडी जेसीजको १७ औँ शाखा अधिवेशन सम्पन्न भएको छ । लेडी जेसीजको वर्ष २०१४ को लागि निर्देशकहरुमा अनिता श्रेष्ठ, अनिता श्रेष्ठ (अधिकारी) र सकिला परियार चयन भएका छन् ।
यस्तै उपाध्यक्षहरुमा सुमित्रा श्रेष्ठ, प्रिती श्रेष्ठ (मास्के) र निर्जनी प्रधान चयन भएका छन् ।
यसैगरी कार्यकारिणी उपाध्यक्षहरुमा शोभा गौतम (खड्का), मन्दिरा जोशी र सम्झना प्रधान चयन भएका छन् । अध्यक्ष पदमा गीता श्रेष्ठ निर्वाचित भएकी छन् । उनले महासचिव र कोषाध्यक्षमा सुनिता कर्माचार्य र सम्झना श्रेष्ठलाई मनोनित गरेकी छन् ।
Discussion about this post