षडयन्त्र भएकाले सहभागी नहुनेः एमाओवादी

अन‌ि यो पनि

भरतपुर । एकीकृत नेकपा (माओवादी) ले चितवनले अहिलेको संविधान सभाको चुनावमा षड्यन्त्र भएकाले आफूहरु सहभागी नभएको जनाएको छ । बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा घेराबन्दी गरेर प्रतिक्रियावादीको आडमा षडयन्त्र गरेर एमाओवादीलाई हराउने चालबाजी भएकाले मतगणनामा आफ्नो पार्टी सहभागी नभएको ताम्सालिङ राज्य समितिका इन्चार्ज तथा क्षेत्र नं. २ का उम्मेदवार विश्वभक्त दुलाल आहुतीले बताउनुभयो । निर्वाचन शान्तिपूर्ण भएपनि मतपेटिका मतगणना स्थलसम्म ल्याउने प्रक्रिया पारदर्शी नभएको उहाँले बताउनुभयो । धाँजली भएकाले आफ्नो पार्टी संविधानसभामा सहभागी नहुने आहुतीको तर्क थियो ।
त्यस्तै, मधेस ब्युरो इन्चार्ज तथा धनुषा क्षेत्र १ का उम्मेदवार रामचन्द्र झाले संविधानसभा निर्वाचनपछि षड्यन्त्र भएकाले आफूहरु संविधानसभामा सहभागी नहुने बताउनुभएको छ ।
एमाओवादी धनुषाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता झाले संविधानसभाको निर्वाचन शान्तिपूर्ण भएपनि मतपेटिका सिल गर्ने, मतगणना स्थलसम्म ल्याउने प्रक्रिया पारदर्शी नभएको आरोप लगाउनुभयो ।
उहाँले मतदान स्थलदेखि मतगणना स्थलसम्म मतपेटिका ल्याउने काम शङ्कास्पद र षड्यन्त्रपूर्ण भएकाले निर्वाचनको परिणाम आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो । धनुषा क्षेत्र २ का उम्मेदवार तथा एमाओवादी धनुषाका इन्चार्ज रामचन्द्र यादवले संविधानसभाको निर्वाचनको परिणामलाई हेर्दा देशी विदेशी प्रतिक्रियावादी शान्तिको आडमा षडयन्त्र भएको देखिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा धनुषा क्षेत्र नं १ देखि ७ सम्ममा एमाओवादी उम्मेदवार रामचन्द्र झा, रामचन्द्र मण्डल, हरिदेव मण्डल, अरबिन्द साह, विजय यादव, बोधमाया यादव र राजपुरमार महतोको उपस्थिति रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया