जुम्ला, ७ मङ्सिर । जुम्ला जिल्लाको देपाल गाविसमा केन्द्र रहेको त्रिभुवन उच्च मावि झार्झुलामा आज बिहान ७ बजेबाट मतदान सुरु भएको निर्वाचन अधिकृत आइतेसिंह गुरुङले जानकारी दिनुभएको छ ।
मङ्सिर ४ गते स्थगित रहेको सो मतदान केन्द्रमा निर्वाचन आयोगले आजका लागि मतदानको मिति तय गरेको थियो ।
सो मतदान केन्द्रमा सुरक्षा व्यवस्था निकै प्रभावकारी बनाइएको छ । मतदाताहरु अहिले मतदानका लागि लाइनबद्ध बसेका छन् ।
Discussion about this post