नेपाली काँग्रेसले विजयी खात खोलेसँगै उसले अर्को संविधानसभाको निर्वाचनमा अहिलेसम्म सात स्थानमा जित हाँसिल गरेको छ । काँग्रेसले काठमाडौँ १० बाटसमेत जित हात पारेको छ । जहाँ काँग्रेसका रविन केसीले एमाओवादी अध्यक्ष प्रचण्डलाई पराजित गरेका हुन् । त्यस्तै काँग्रेसले मनाङ र कास्की १, दाङ २, काठमाडौ १ र काठमाडौँ ८ देखि विजयी हासिल गरेका छ काँग्रेसले । भर्खरै मात्र काँग्रेसका नरहरी आचार्य काठमाडौँ ५ बाट एमाले सचिव ईश्वर पोखरेललाई पराजित गर्दै काँग्रेसका नरहरी आचार्य विजयी भएका छन् ।
त्यस्तै एमालेले काँस्की ३ र ४ सँगै पाल्पा २, रसुवा तथा प्युठान १ बाट एमाले विजयी भएको छ । अहिलेसम्म एमाओवादीले खाता खोलेको छैन् । एमाओवादीकी कञ्चनपुर १ की उम्मेद्वार विना मगर करिब दुई हजार मतअन्तरले अग्रता लिएकी छन् । उनको उम्मेद्वारी आएसँगै यो क्षेत्र चर्चामा थियो । त्यस्तै गोरखा १ बाट विजयउन्मुख एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राई रुपन्देही ४ मा तेस्रो स्थानमा छन् । काठमाडौँ १० बाट पराजित प्रचण्ड सिराहा ५ देखि अगाडि छन् ।
त्यस्तै काठमाडौँ २ बाट विजय सुनिश्चिततातर्फ गएका एमाले नेता माधव नेपाल रौतहटबाट दोस्रो स्थानमा छन् ।
Discussion about this post