ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मतदाता भन्छन्, ‘अघिल्लो गल्ती नदोहोरियोस्’

by चितवन पोष्ट
२०७० मंसिर ५, बुधबार ०४:०१ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । संविधानसभाको अर्को निर्वाचनमा सहभागी भएका मतदाताहरुले ६ वर्षको अन्तरालमा पुनः भोट हाल्न पाउँदा आफूहरु निकै खुसी भएको प्रतिक्रिया दिएका छन् । बहिष्कारवादी दलहरुको अवरोधका बाबजुद पनि शान्तिपूर्ण रुपमा मतदान गरेका मतदाताहरुले चुनाव राष्ट्रिय समस्याहरुको निकासका लागि अपरिहार्य भएकाले सक्रिय रुपमा सहभागिता जनाएको बताएका हुन् ।
‘जनमत बुझ्नका लागि चुनाव भएको छ, यो निकै खुसीको कुरा हो,’ चण्डिभञ्ज्याङका दानबहादुर गुरूङले भने, ‘तर पुनः संविधानसभाकै लागि भोट हाल्नुपर्दा भने केही खल्लो महसुस भएको छ ।’
अपवादबाहेक एक जुगमा एक पटक गरिने संविधानसभाको चुनाव ६ वर्षको फरकमा दुई पटक भएपछि आमजनता केही महिना अघिसम्म दलहरुप्रति सकारात्मक थिएनन् । तर, गणतन्त्रलाई संस्थागत गर्न र जनमुखी संविधान बनाउन अघिल्लो पटकका सभासदहरु असफल बनेपछि जनताले पुनः भोट हाल्ने मौका पाएका हुन् ।
पटकपटक संविधानसभाको म्याद थप गरेपनि नेताहरु संविधान जारी गर्न असफल भएका थिए । जुन उद्देश्यका लागि जनताले उनीहरुलाई चुनेर उठाएका थिए सोही उद्देश्य नै पूरा नभई पुनः भोट माग्न आएपछि जनता नेताप्रति केही आक्रोशित पनि बनेका थिए । भत्ताबापत् अर्बौ रूपैयाँ लिएका सभासद्हरु संविधान दिन भने असमर्थ रहेका थिए ।
मतदाताले भनेका छन्, ‘समय थप्ने, भत्ता मात्रै खाने र जनतालाई संविधान दिन नसक्ने सभासद्को काम छैन ।’ मतदाता भन्छन्, ‘अघिल्लो पटक भएका गल्तीहरु नदोहोरिऊन् । समयमै संविधान बनोस् ।
सर्वशान्ति उमावि कुरिनटारमा मतदान केन्द्र रही भोट हाल्न आएका कमेरेका प्रकाश अधिकारीले भने, ‘कुनै पनि दलले स्पष्ट बहुमत पाउँदैनन्, त्यसैले आपसी समझदारीमा विवादित मुद्दाहरुलाई किनारा लगाई जनमुखी संविधान बनाउनु नै उत्तम हुन्छ ।’
दलहरुले आआफ्नो बहुमत आउने दावी गरेपनि जनमत बुझ्दा कुनै पनि दलको बहुमत आउने छाँटकाँट देखिदैन । एक वर्षभित्र जनमुखी संविधान दिने भन्दै दलहरुले चुनावी घोषणापत्रमा उल्लेख गरेपनि विवादित विषयहरु सल्ट्याउने धेरै समय लाग्ने देखिन्छ । तीन चार दलका प्रमुखहरु बसेर कोठे सहमति गर्नुभन्दा पनि सभासदहरुको मतका आधारमा मुद्दाहरुको टुङगो लगाउनु नै राम्रो हुने विश्लेषकहरु बताउँछन् । अति विवादित र गहन राष्ट्रिय मुद्दालाई भने जनमतसंग्रह गरेर भने पनि समाधान गर्नुपर्ने उनीहरुको तर्क छ ।
दलहरुले संविधान जारी हुन नसक्नुमा एकअर्कोलाई दोष थोपारेर पन्छिने प्रयास मात्र गरे । त्यसको बाबजुद पनि दलहरुले राष्ट्रिय मह¤वका विविध विषयमा भने सहमति गरेका थिए । अघिल्लो पटक २०६४ चैत २८ गते संविधानसभाको चुनाव भएको थियो ।
जुन चुनावबाट तत्कालीन नेकपा माओवादी पहिलो शक्ति बनेको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उसले १२० सिट जितेको थियो । कांग्रेस र एमाले भने क्रमशः ३७ र ३३ सिटमा खुम्चिन बाध्य भएका थिए ।

Related Posts

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In