ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्वाचनले पाकेको धान भित्र्याउन समस्या

by चितवन पोष्ट
२०७० मंसिर ३, सोमबार ०३:१७ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । तराईका कामदारहरूले मतदान गरेरमात्र काममा फर्कर्ने बताएपछि चितवनमा पाकेको धान भिœ्याउन समस्या भएको छ ।
त्यस्तै निर्माणका कामसमेत अलपत्र परेका छन् । मुख्य रूपमा भरतपुर नगर क्षेत्र र पश्चिम चितवनका फाँटमा झुलेका धान समयमा थन्काउन नसकेपछि उत्पादन घट्ने निश्चित भएको छ ।
छठमा केही दिनका लागि घर जाने तराईवासीहरू लगत्तै फर्किएर यस क्षेत्रको खेती थन्काउने काममा सहयोग पु¥याउँथे । स्थानीयवासी चुनाव प्रचारमा व्यस्त छन् भने बाहिरी कामदार नआएपछि धान काट्न सम्भव नभएको भरतपुर नगरपालिका वडा नं ८ पारसनगरका गुरुदत्त पौडेलले बताउनुभयो ।
चुनावमा भोट नहाली आउ भन्न पनि सकिएन, धान चरा र मुसाले सिध्यायो उहाँले भन्नुभयो । उहाँको जस्तै छरछिमेकी कसैको पनि धान काटिएको छैन ।
चितवनका विभिन्न समूहले उन्नत जातको बीउ संरक्षण गर्दै किसानलाई सङ्गठित गरिरहेका छन् । बीउ राख्नेदेखि धान थन्काउने बेलासम्म प्राविधिकको सहायता लिएर उन्नत बीउ उत्पादन गर्दै आएका छन् ।
पश्चिम चितवनको पार्वतीपुरमा रहेको श्रीराम बीज वृद्धि कृषक समूहले लगभग दुई सय बिघामा धानखेती गरेको छ । सदस्यहरूले आफ्नो खेतमा लगाएको धान संस्थालाई बिक्री गर्छन्, त्यसलाई बीउका रूपमा अन्य क्षेत्रमा समेत बिक्री गरिन्छ तर यस वर्ष कामदारको अभावमा धान थन्काउन नसकेको संस्थाका निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।
धान काट्न दस दिन ढिलो भएको र खेत चिसो भएकाले मेसिनले धान काट्न पनि सम्भव नभएको उहाँको भनाइ थियो । कामदार नपाएपछि समूहले मेसिन झिकाएर धान काट्ने प्रयास गरेको भए पनि ढिलोसम्म पानी परेकाले खेत चिसो हँुदा मेसिन गढेर धान काट्न नसकिएको उहाँले बताउनुभयो ।
त्यस्तै दिव्यनगरका सन्तोष ढकालले चरा र मुसाले धान खाइसक्दा पनि थन्काउन नपाएको गुनासो गर्नुभयो । स्थानीय कामदार नपाइने र घर गएकाहरूले भोट नदिई नफर्कने बताएपछि समस्या भएको ढकालको भनाइ छ ।
धान काट्ने कामदार लिएर आउने रौतहट टेकडाहका ठेकेदार बालेश्वर यादवले टेलिफोनमा भन्नुभयो, “गाउँमा चुनावी माहोल बढेकाले भोट नदिई कोही पनि काममा फर्किन मानेनन् ।” रासस

Related Posts

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

Discussion about this post

अन‌ि यो पनि

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग
समाज

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

धादिङ । धादिङको धुनिबेँसीमा स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले ५० लाख मूल्य बराबरको विभिन्न उपकरणहरु प्रदान गरेको...

Read more
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In