ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कसैको लोभ र दबाबमा नपरी मतदान गर्न सचेत

by चितवन पोष्ट
२०७० मंसिर ३, सोमबार ०३:०९ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भक्तपुर । संविधानसभा निर्वाचनको सङ्घारमा आइपुगेपछि भक्तपुरका मतदाता यतिखेर सचेत बनेका छन् ।
निर्वाचनमा मौन अवधि सुरु भएपछि दलहरूको चुनाव प्रचार गर्न नपाइने भए पनि चुनावमा भोट किन्ने र भोट हाल्न दबाब दिने समूह यतिखेर सक्रिय हुने भएपछि भक्तपुरका मतदाताहरू सचेत भएका हुन् ।
संविधान निर्माण अहिलेको निर्वाचनको मुख्य लक्ष्य भएकाले कसैको पनि प्रलोभन तथा दबाबमा आएर मत दिँदा त्यसले सही परिणाम नदिने र संविधान पनि नबन्ने भन्दै भक्तपुरका बासिन्दा यसतर्फ सचेत भएका हुन् ।
भक्तपुर ताथली गाविसका बालकृष्ण रानाभाटले मौन अवधिमा कसैको पनि प्रलोभनमा नपर्ने भन्दै सिङ्गो गाउँ सचेत भएको बताउनुभयो । उहाँले भन्नुभयो—“कसैको प्रलोभनमा नपर्ने सिङ्गो गाउँको छलफल छ, प्रलोभनमा पार्न कोही आए लखेट्ने र डर, धम्की र दबाब दिने कोही आए प्रतिकार गर्ने भएका छौँ ।”
रानाभाटले भन्नुभयो—“गाउँका बासिन्दाले आ–आफूले रोजेको पार्टी तथा उम्मेदवारलाई मतदान गर्ने भएका छन्, गाउँमै पनि कसैले कसैलाई दबाब दिएका छैनन्, स्वतन्त्ररूपमा मतदान गरिनेछ, गाउँमा अब नआउन उम्मेदवारलाई भनेका छौँ ।”
ताथली मात्र नभई भक्तपुरकै कटुञ्जे गाविसका बासिन्दाले समेत गाउँमा प्रलोभन र दबाब दिने समूहलाई गाउँ पस्नै नदिने भएका छन् । गाउँका बासिन्दाबीच आफ्नो स्वतन्त्र भोट कसैको दबाब र प्रलोभनमा परेर नदिने बताएका छन् । कटुञ्जेका रामबाबु थापा श्रेष्ठले गाउँमा यसपटकको निर्वाचनमा केही शक्ति प्रलोभनमा पार्न आउने शङ्का भएकाले यस्ता शक्तिलाई गाउँ पस्न नदिन सचेत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मतदाताले चोहेकालाई मतदान गर्ने स्वतन्त्र अधिकारमा कसैले हस्तक्षेप गर्न आए गाउँका व्यक्तिले सहँदैनन्, यहाँका भोट न कसैलाई कसैलाई बिक्री हुन्छ, न त कसैको डर धम्कीमा मतदाता नै पर्छन ।’
बालकोट गाविसका प्राध्यापक डा कृष्ण अधिकारीले चलखेल गर्ने बेला आएकाले यो समयमा सबै मतदाता चनाखो हुनुपर्ने बताउनुहुन्छ । कसैले पैसामा किन्ने भोट र दबाबमा जाने भोटले संविधान बन्न नसक्ने बताउँदै उहाँले निष्पक्ष निर्वाचनका लागि प्रलोभन र दबाब दुवैलाई मतदाताले त्याग्नुपर्ने बताउनुभयो ।
दुवाकोट गाविसमा राति प्रलोभनमा पार्ने समूह आउने हल्ला चलेकाले गएरातिदेखि नै यहाँका बासिन्दा सचेत भएका छन् । स्थानीय कृष्णराम ढुङ्गानाका अनुसार उम्मेदवारकै समूह मतदातालाई भेटघाट कार्यक्रम राखेर प्रलोभन बाँड्ने हल्ला चलेको बताउँदै अर्को समूह त्यस्ता समूहप्रति सचेत बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो—‘उम्मेदवारकै समूह पैसा लिएर कार्यकर्ता भेट्न आउने हल्ला चलेको छ, हल्ला चलेलगत्तै गाउँका युवा त्यस्ता समूह आए गाउँबाट लखेट्ने योजनामा छन्, यो चुनाव जित्ने रणनीतिलाई यहाँका युवाले असफल पार्नेछन् ।’
भक्तपुरका दुवै क्षेत्रका उम्मेदवारहरूले गाउँको भोटलाई निर्णायक भोटका रूपमा लिएर हारजितको हिसाब गरिरहेका छन् । यो अवस्थामा प्रचारप्रसार पनि गर्न नपाइने र लेनदेन पनि गर्न नपाइने भए पनि बढी चलखेल हुने यही समय मानिन्छ । भक्तपुरका उम्मेदवारहरू प्रचारप्रचारमा समेत गाउँको भोटलाई निर्णायक भोट मानेर गाउँ केन्द्रित बनेका थिए भने अहिले पनि गाउँमा प्रलोभन र दबाब दिनेसक्ने भन्दै गाउँका बासिन्दा सचेत बन्न थालेका छन् ।
भक्तपुर क्षेत्र नं. १ मा यसअघि निरन्तर जित्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा (एमाले)का रञ्जु नापित, एमाओवादीबाट सानु सुवाल, नेपाली काँग्रेसबाट कृष्णलाल भडेँलबीच कडा प्रतिस्पर्धा चलेको छ । चारवटै पार्टीको प्रतिस्पर्धाबीच मतदाता परिवर्तनको चाहना र संविधान निर्माणको चाहनामा मतदान गर्न आतुर बनेका छन् ।
त्यसैगरी भक्तपुर क्षेत्र नं २ का उम्मेदवारहरू नेमकिपाका उम्मेदवार सुनिल प्रजापति, एमालेका युवा संघ अध्यक्ष महेश बस्नेत, नेपाली काँग्रेसका रामेश्वर ढुंगेल र एमाओवादीका डिपी ढकालबीच कडा प्रतिस्पर्धा चलेको छ ।
यस क्षेत्रमा सबै उम्मेदवारको अवस्था उत्तिकै मजबुत भएकाले यस क्षेत्रमा पनि प्रलोभन र दबाब आउन सक्ने भएकाले यसतर्फ सचेत भएका छन् मतदाताहरू । भक्तपुरका उम्मेदवारहरू पनि प्रलोभन र दबाब दुवै गलत भएको र यसले संविधान दिने भएकाले मतदाता यसमा पर्न नहुने मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरूले बताएका छन् । रासस

Related Posts

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

रहेनन् वामपन्थी नेता खम्बासिंह कुँवर

जसले दिए अध्यक्ष प्रचण्डलाई पार्टी सदस्य

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

Discussion about this post

अन‌ि यो पनि

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग
समाज

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

गैँडाकोट । नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ निवासी समाजसेवी ओमबहादुर पुन मगरले यही माघ १५ गते परेको आफ्नो...

Read more
कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In