ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अति संवेदनशील केन्द्रमा सुरक्षा कडाई

by चितवन पोष्ट
२०७० मंसिर २, आईतवार ०३:५७ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

इटहरी । दोस्रो संविधानसभा निर्वाचनका दिन नजिकिँदै गर्दा सुनसरी जिल्लामा तोकिएका कुल १५२ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मतदान केन्द्रका रूपमा हेरिएको छ ।
नेकपा–माओवादीसहित ३३ दलले संविधानसभा निर्वाचनलाई सक्रिय बहिष्कारको घोषणासहित आन्दोलनसँगै विभिन्न स्थानमा आक्रमण र आतङ्क फैलाउने कार्य गरिरहेका कारण ती मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा लिइएको जिल्ला सुरक्षा निकायले विश्लेषण निकालेको हो । जिल्ला सुरक्षा निकायका अनुसार यस जिल्लाको ५८ वटा मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रूपमा हेरिएको छ ।
जिल्ला सुरक्षा निकायका अनुसार निर्वाचन क्षेत्र नं १ मा परेको धरान नगरपालिका र पाँचकन्या गाविसमा रहेका मतदान केन्द्रहरूमध्ये पाँचकन्या गाविसमा रहेको सरस्वती उच्च मावि पानबारी, पञ्चकन्या प्रावि ठिङ्गाबारी र कालिका प्रावि देवीस्थान मतदान केन्द्र अति संवेदनशील मतदान केन्द्रको सूचिमा परेका छन् ।
यसैगरी सो निर्वाचन क्षेत्रको धरान नगरपालिकाअन्तर्गतका २१ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रूपमा छुट्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले जानकारी दिनुभएको छ ।
पहिलो संविधानसभा निर्वाचन २०६४ मा लिम्बूवान सम्बद्ध पार्टीले मात्र संविधानसभा निर्वाचन बहिष्कार गरेकोमा यो पटक नेकपा–माओवादीसहित धेरै राजनीतिक दलहरू निर्वाचन बहिष्कारका पक्षमा रहेका कारण मतदान केन्द्रमा सहज रूपमा मतदाताहरू पुग्नका लागि कठिन पर्ने विश्लेषण गरिँदैछ । आन्दोलनमा रहेका राजनीतिक दलहरूले गाउँ–गाउँमा नै मतदातालाई रोक्ने रणनीति बनाएको तथ्यहरू फेला परेका कारण पनि मतदान केन्द्रहरू संवेदनशील मानिएको हो ।
पहिलो संविधानसभा निर्वाचनमा यस जिल्लाका कुल मतदाता चार लाख ७७ हजार ९७३ जना रहेकामध्ये ५७ प्रतिशतले मात्र मतदानमा भाग लिएका थिए । यो पटकको निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीको सूचिमा तीन लाख ७५ हजार ३९६ जना मतदाता रहेका छन् ।
मतदान केन्द्रहरूको भूगोल, सडकको पहुँच र सुरक्षाकर्मीको अवस्थालाई हेरेर जिल्ला सुरक्षा निकायले प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालनको नीति बनाएको छ । मतदान केन्द्रको सुरक्षालाई मध्यनजर गर्दै आजैदेखि सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भएको प्रहरी प्रमुख गणेशबहादुर थापाले जानकारी दिनुभयो । रासस

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘माडीको विकासमा कमी हुन दिन्नौँ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In