ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कर्मचारीहरु निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा

by चितवन पोष्ट
२०७० मंसिर १, शनिबार ०२:४८ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

विधुर ढकाल
भरतपुर । मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनको लागि खटिएका कर्मचारीहरु आफ्नो कार्यक्षेत्रतर्फ खटिएका छन् । निर्वाचन कार्यालय चितवनबाट निर्वाचन सामग्री लिएर उनीहरु आफ्नो कार्यक्षेत्रमा पुगेका हुन् ।
संविधानसभाको निर्वाचन सम्पन्न गर्नको लागि चितवनमा करिव दुई हजार ८०० कर्मचारीहरु खटिँदै छन् । उनीहरु निर्वाचन सम्पन्न गराउनका लागि आफ्नो कार्यक्षेत्रमा खटिन नियुक्ति लिएर हिँडेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनकाअनुसार शुक्रबारसम्म चितवनका ३६ वटा गाविसका मतदान केन्द्रहरुमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित बढीमा ६ जना कर्मचारीहरु मतदान समग्री लिएर त्यसतर्फ प्रस्थान गरेका छन् ।
जिल्लामा रहेका ३७८ मतदान केन्द्रमध्ये २६७ मतदान केन्द्रमा निर्वाचन समग्रीसहित मतदानका लागि कर्मचारी र सुरक्षाकर्मीहरु खटिइसकेका छन् । उनीहरुको सुरक्षा नेपाल प्रहरी, सशस्त्र प्रहरी र संवेदनशील क्षेत्रमा नेपाली सेनाले पनि दिनेछ ।
निर्वाचन कार्यालयका अनुसार निर्वाचन सामग्री लिएर सदरमुकाम भरतपुरदेखि निस्किएका कर्मचारीहरु शुक्रबार साँझसम्म निर्वाचन केन्द्रमा पुगिसकेका छन् । निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार जिल्लाका दुई नगरपालिकामा आज शनिबार र आइतबार निर्वाचन सामग्रीसहित कर्मचारीहरु खटिने छन् ।
जसमध्ये भरतपुर नगरपालिकाका ७८ र रत्ननगर नगरापालिका ३३ मतदान केन्द्रहरुमा निर्वाचन सामग्री तथा कर्मचारीहरु शनिबार तथा आइतबार खटिने भएका हुन ।
जिल्लामा १४१ मतदान केन्द्रमा ३७८ उपकेन्द्रहरु केन्द्र कायम गरिएको छ । जसमध्ये क्षेत्र नं. १ मा २४ मतदान केन्द्र र ७४ मतदान उपकेन्द्र्रहरु रहेका छन् जहाँबाट ५३ हजार ९७२ जनाले मतदान गर्नेछन् । त्यस्तै क्षेत्र नं. २ का ३३ मतदान केन्द्र तथा ८३ मतदान उपकेन्द्रबाट ६० हजार ५८, क्षेत्र नं. ३ का २४ मतदान केन्द्र तथा ७४ मतदान उपकेन्द्रबाट ५४ हजार ७६५ जना मतदाताले मत खसाल्ने भएका छन् ।
३१ मतदान केन्द्र तथा ८१ वटा मतदान उपकेन्द्र रहेको क्षेत्र नं. ४ मा ५९ हजार ६९३ जना मतदाता रहेका छन् भने २९ मतदान केन्द्र रहेको क्षेत्र नं. ५ मा ६६ मतदान उपकेन्द्र रहेका छन् जहाँबाट ४५ हजार ३१५ जनाले मतदान गर्न पाउने छन् ।
निर्वाचन कार्यालयले शुक्रबारदेखि नै हरेक मतदान केन्द्रहरुमा मतदाता परिचयपत्र वितरण गर्न थालेको छ । चितवनमा पाँच निर्वाचन क्षेत्रमा  दुईलाख ७३ हजार ८०३ मतदाता रहेका छन् ।
यसैबीच जिल्ला निर्वाचन कार्यालयले निर्वाचन अवधिभर सञ्चालनका लागि सवारीसाधनहरुको पास शुक्रबार नै वितरण गरेको छ । विभिन्न सञ्चारमाध्यम, पर्यवेक्षक संस्थाहरुलाई सवारी अनुमति प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Related Posts

दिवा स्याहार केन्द्रकी एरिन थापालाई सहयोग

साइकल यात्रासँगै सामाजिक काममा मिश्र र खत्री

देवघाटमा श्रीमतीले श्रीमान् बोकेर दौडिए

देवघाटमा श्रीमतीले श्रीमान् बोकेर दौडिए

चितवनमा प्राविधिक शिक्षा : विद्यार्थीको बढेन आकर्षण

चितवनको चेपाङ गाउँमा अझै पुगेन बिजुली

Discussion about this post

अन‌ि यो पनि

दिवा स्याहार केन्द्रकी एरिन थापालाई सहयोग
समाज

साइकल यात्रासँगै सामाजिक काममा मिश्र र खत्री

भरतपुर । विश्व साइकल यात्री अजय मिश्र र भगत खत्रीले यात्राका क्रममा संकलन हुने रकमबाट विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग गर्ने...

Read more
देवघाटमा श्रीमतीले श्रीमान् बोकेर दौडिए

देवघाटमा श्रीमतीले श्रीमान् बोकेर दौडिए

चितवनमा प्राविधिक शिक्षा : विद्यार्थीको बढेन आकर्षण

चितवनको चेपाङ गाउँमा अझै पुगेन बिजुली

चितवनमा प्राविधिक शिक्षा : विद्यार्थीको बढेन आकर्षण

‘निजी क्षेत्रबिना देश विकास सम्भव छैन’

दिवा स्याहार केन्द्रकी एरिन थापालाई सहयोग

दिवा स्याहार केन्द्रकी एरिन थापालाई सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In