मतदाताको विश्वास जित्दै फोरम नेपाल

अन‌ि यो पनि

भरतपुर । संविधानसभाको चुनावको मिति नजिकिँदै गर्दा मधेसी जनअधिकार फोरम नेपालले आफ्नो चुनावी दौडधूप तीव्र बनाएको छ । चुनावी प्रचारप्रसार र घरदैलो अभियानका क्रममा थुप्रै मतदाताको विश्वास प्राप्त गरेपछि चुनावमा आफ्नो पक्षमा जनलहर बढेको क्षेत्र नं. २ का उम्मेदवार मनोजकुमार पोखरेलले बताएका छन् । स्थानीय, युवा तथा समाजसेवीको छवि बनाएका पोखरेललाई घरदैलोमा मतदाताहरुले सम्मान प्रकट गर्दै ठूला दलहरुले जनआकांक्षा पूरा नगरेकाले उनलाई मत दिने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार उम्मेदवार पोखरेल तथा पूर्व जिल्ला अध्यक्ष अजय निरालासहितको प्रचारप्रसारमा दर्जनौँ युवाहरु फोरम नेपालमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पोखरेलले सम्मानसहित पार्टी प्रवेश गराएका छन् । सोही क्रममा ज्यामिरेचोक, काशीगाउँ, चैनपुर, कंकाली, गोडसोर, सिद्धिपुर, पिठुवा दोवाटो, डुम्रिचोकलगायतका स्थानहरुमा ¥यालीसहित प्रचारप्रसार गरी बैरियामा कोणसभा गरिएको थियो । कोणसभामा मन्त्व्य व्यक्त गर्दै उनले दलित, जनजाति, आदिवासी तथा पिछडावर्गको उत्थानका लागि लागिपर्ने प्रतिबद्धता जनाएका थिए ।
सभामा पूर्वअध्यक्ष निरालाले मधेसी जनअधिकार फोरम नेपाल मधेसी मात्रको दल नभएर हिमाल, पहाड र तराईको साझा पार्टी रहेको उल्लेख गरे । अहिलेको देशव्यापी उम्मेदवारलाई हेर्दा सबै वर्ग र जातिलाई समावेशीकरण गर्दै अघि बढेकोले यसपटक मतदाताबाट अनपेक्षित नतिजा आउने उल्लेख गरे । मतदाता हाम्रालाई भन्दा राम्रा उम्मेदवारलाई मतहाल्न आतुर रहेको मुस्लिम समुदायका सोनु खाँले बताए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया