वीरेन्द्रनगर । नेपाली कांग्रेसका कार्यकर्तामाथि विहीबार राति नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेका छन् ।
पूर्वी चितवनको वीरेन्द्रनगर ३ खुरखुरेमा भएको चुनावी सभामा सहभागी भएर घर फर्किदै गरेका नेपाल तरुण दल कोराकका कार्यकर्ताहरुमाथि नेकपा एमालेका कार्यकर्ताले कोराक ५ किरनटारमा आक्रमण गरेको नेपाली कांग्रेस कोराक सभापति भीमबहादुर तामाङले जानकारी दिए ।
आक्रमणमा राजकुमार तामाङ, सन्तबहादुर चेपाङ, हरि चेपाङ, पुरन चेपाङ र सोनाम तामाङ घाइते भएको कांग्रेस चितवनले जनाएको छ ।
Discussion about this post