भरतपुर । सन् २०१४ को ट्वान्टी–२० विश्वक छनोट चरणको आफ्नो पहिलो खेलमा नेपालले विजय हात पारेको छ ।
आइसीसी एकेडमी ग्राउण्ड–२ दुवहीमा भएको समूह वि को तेस्रो खेलमा नेपालले डेनमार्कलाई पाँच विकेटले पराजित गरेको छ । नेपालले कप्तान पारष खड्काको ४८ रनको मद्दतले १२ ओभरमा निर्धारित लक्ष्य पुरा ग–यो । टस हारेर फिल्डिङ्को लिागि निम्ताइएको नेपालले डेनमार्कलाई १९.४ ओभरमा ७९ रनमा समेट्यो ।
त्यस्तै नेपालको लागि सुवास खकुरेलले १७, सरद भेसवाकरले अविजित ५ र सागर पुनले अविजित २ रन जोडे । नेपालका प्रारम्भिक व्याट्सम्यान प्रदीप ऐरी उपकप्तान ज्ञानेन्द्र मल्ल र बसन्तर भण्डारी शुन्य रनमा पेभेलियन फर्किए । त्यस्तै डेनमार्कलाई सस्तैमा समेट्ने क्रममा सागर पुनले तीन ओभर वल फाल्दै १२ रन दिएर ३ विकेट लिए । त्यस्तै जीतेन्द्रकुमार मुखियाले तीन ओभर फाल्दै १६ दिएर २ विकेट लिए ।
त्यस्तै बसन्त रेग्मीले २.४ ओभरमा एक मेडन फाल्दै ८ रन दिएर २ विकेट लिए भने पारस खडका र शक्ति गौचनले एक–एक विकेट लिए । अमृत भट्टराईले तीन ओभर खेल्दै १० रन दिए । डेनमार्कको लागि तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सफल भए । डेनमार्कका व्याट्सम्यान नेपाली बलरका समु निरीह भए । डेनमार्कका शाहले १८, यसिर इक्वालले १७ र पेडर्सनले १५ रन मात्र जोड्न सफल भए । योसँगै नेपालले तीन अंक जोडेको छ ।
Discussion about this post