नारायणगढ । नारायणगढको बाह्रघरेमा रोकी राखेको मालबहाक गाडीमा बिहीबार साँझ पेट्रेल बम प्रहार भएको छ ।
मंगलपुरमा रहेको फाइन फिड्सबाट दाना लोड गरी ल्याएको ना १ क ३३५७ नं.को गाडीमा मोटरसाइकलमा आएका दुई जनाले पेट्रोल बम प्रहार गरेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । बम प्रहारपछि आगो सल्किन लाग्दा स्थानीयले आगोलाई नियन्त्रणमा लिएकोले गाडीमा क्षति नभएको र बम प्रहार गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post