नारायणगढ । नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले आह्वान गरेको यातायात बन्दको विरोधमा उद्योग वाणिज्य सङ्घ चितवनको अगुवाइमा बिहीबार नारायणगढमा शान्ति ¥याली निकालिएको छ ।
पुल्चोकबाट सुरु भएको ¥याली पोखरा बसपार्क, सहिदचोक हुँदै पुनः पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले दलहरूको बन्दका कारण व्यवसायी ठूलो मर्कामा परेको भन्दै कसैले पनि बन्दको समर्थन नगर्ने बताउनुभयो । उहाँले बन्दका कारण चितवनमा दैनिक रु साढे चार करोड नोक्सान भएको बताउनुभयो ।
नेपाल सधैँ खुला राखौँ भन्ने ब्यानर बोकेर ¥यालीमा उद्योगी, व्यवसायी, नागरिक समाज, यातायात व्यवसायी, वस्तुगत सङ्घका प्रतिनिधिहरूको उपस्थिति थियो । उद्योगी व्यवसायी शान्ति ¥यालीसहित बजार निस्केपछि आजबाट चितवन हुँदै काठमाडौँ, पोखरालगायतका ठाउँमा जाने यातायातका साधन चल्न थालेका छन् । अन्य जिल्लाबाट चितवन हँुदै आवतजावत गर्ने सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरेर सुरक्षा दिएको छ । रासस
Discussion about this post