कावासोती । मतदान अधिकृतहरुलाई चुनावी सामग्री व्यवस्थापनमा भ्याईनभ्याई छ । संविधानसभा निर्वाचनका लागि मतदानस्थलमा आवश्यक सवै सामग्री बिहीबार बुझेका उनीलाई भ्याइनभ्याई भएको हो । ४६२ मतदान केन्द्र रहेको नवलपरासी क्षेत्र १, २ र ३ का मतदान अधिकृतले निर्वाचन सामग्री बुझेका हुन् ।
जिल्ला निर्वाचन अधिकृत कार्यालयबाट मतपत्र र अन्य सामग्री जिल्ला निर्वाचन कार्यालयबाट बुझेको मतदान अधिकृत राजेन्द्रप्रसाद देवकोटाले बताए ।
मतदान अधिकृतहरुले मतदाता परिचयपत्र पनि सँगै बुझेका छन् । उनीहरुले मङ्सिर १ गतेदेखि परिचयपत्र वितरण गर्ने जनाएका छन् । निर्वाचन परिचालिकामार्फत सबै मतदाताको परिचय हातहातमा पु¥याउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजेन्द्र बस्नेतले बताए ।
नवलपरासीमा दुई चरणमा मतदान अधिकृतहरुलाई सामग्री बुझाइएको छ । क्षेत्र ४, ५ र ६ मा शुक्रबार मतदान सामग्री बुझाइनेछ । प्रहरीले स्कर्टिङ गर्दै सबै क्षेत्रका मतदान अधिकृतलाई सदरमुकाम आउन सुरक्षा दिएको थियो । नवलपरासीमा तीन लाख १७ हजार ७३५ मतदाता रहेका छन् । रासस
Discussion about this post