‘नेपाल आमाबाट २० सभासद’

अन‌ि यो पनि

भरतपुर । नेपाल आमा पार्टीका केन्द्रीय अध्यक्ष रोमलाल गिरीले संघीयताका नाममा नेपाली नागरिकले अंश खोजेको नभई सुविधा खोजेको बताए । आमा र धर्ती आमालाई जोडेर बनाएको पार्टी आमा पार्टी भएको भन्दै नेता गिरीले जनतालाई सुविधा दिने खालको संविधान बनाउने दावी गरे ।
भरतपुरमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सबै जनतालाई उत्पादनमुखी कार्यमा लाग्न सहयोग पुग्ने रणनीति पार्टीले अवलम्बन गरेको बताए । ६० जिल्लामा बिस्तार भएको आमा पार्टीले चितवनमा एक प्रत्यक्षसहित पाँच जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष गिरीले निर्वाचनबाट करिव २० जना सभासद बन्ने जिकिर गरे । राजनीतिक अस्थिरताका कारणले देशमा आर्थिक विकास हुन नसकेको भन्दै उनले आर्थिक क्रान्ति गर्न पनि आफ्नो पार्टी सफल बन्ने दावी गरे । नागरिकको मौलिक अधिकारको रक्षा गर्न राज्यले सुरक्षा र रोजगारलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले नेपाललाई अखण्डता कायम गर्र्दै नयाँ राष्ट्रिय एकतासहितको संघीय गणतन्त्र समाजवादी सुविधा राज्य नेपाल स्थापना गर्ने बताए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया