ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कांग्रेसको पथ भ्रष्टीकरणतिर उन्मुख

by चितवन पोष्ट
२०७० कार्तिक २९, शुक्रबार ०४:२० गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

—    सन्तोष भुसाल
सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भई १४ महिना जेल सजाय भोगेर डिल्लीबजारस्थित सदरखोरबाट छुटेका कांग्रेस नेता खुमबहादुर खड्कालाई कांग्रेस नेता तथा कार्यकर्ताले गरेको सम्मान र स्वागत देख्दा लाग्थ्यो, उनी ठूलै पौरख गरेर आउँदैछन् ।
भ्रष्टाचारको आरोप प्रमाणित भई सजाय भुक्तान गरेर आएका खड्कालाई नेपाल राष्ट्र र नेपाली जनताका निम्ति निकै प्रशंसनीय काम गरेको जस्तो गरी केन्द्रदेखि जिल्ला तहका हजारौँ कांग्रेसी नेता÷कार्यकर्ताले फूलमालाले धपक्कै पुरेको दृश्य र त्यस समाचारले वनस्थली प्रहरी बिटमा कार्यरत असई अनिल श्रेष्ठ र जवान शंकर दुलालको इमानदारीको कामलाई ओझेलमा पारेको थियो । उनीहरुले सडकमा फेला परेको ३० हजार ५ सय रूपैयाँसहितको पर्स इमानदारिताका साथ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको अर्काे समाचार पनि थियो । तर, त्यस समाचारलाई अधिकांश मेडियाले त्यति मह¤व दिएको पाइएन, न त त्यहाँ कुनै सम्मान र स्वागत गर्ने समूहको उपस्थिति नै देखियो, थिए त केवल पर्स हराउने व्यक्ति अनि इमानदार प्रहरी । तर, भ्रष्ट नेता खुमबहादुर खोरबाट निस्किँदाको दृश्य भने सबैको प्राथमिकतामा प¥यो । इमानदार, नैतिकवान्, सदाचारीहरुप्रति गरिनु पर्ने सम्मान र स्वागत एक भ्रष्ट नेताप्रति गरिँदा इमानदारिता, नैतिकता र सदाचारको धज्जी उडेको छ ।
सर्वोच्चले भ्रष्टाचारी ठहर गरिसकेको व्यक्तिलाई पार्टीबाट निष्कासन, तिरस्कार र बहिष्कार गरी भ्रष्टाचार–कर्ममा निरूत्साहित गर्नुको सट्टा उल्टो स्वागत र सम्मानमा फूलमालासहित हजारौँको संख्यामा निकालिएको अबिरजात्राले नेपाली राजनीतिक दलहरुको नैतिक धरातल कति घिनलाग्दो रहेछ भन्ने स्पष्ट पारिदिएको छ । कांग्रेस नेता÷कार्यकर्ताले भ्रष्टाचार–कर्मलाई निरूत्साहित गर्नुको सट्टा झन् प्रोत्साहित गरेका छन् ।  नेपालको इतिहासमा नै यस घटना एक राजनीतिक पथभ्रष्टीकरणको नमुना बनेर रहने त छ नै, त्यससँगै न्यायिक स्वतन्त्रता र न्यायालयको निर्णयप्रतिको चरम अपमानको उदाहरणका रुपमा समेत रहने छ । भाषण र वक्तव्यबाजीमा सबैभन्दा चर्काे स्वरमा स्वतन्त्र न्यायालयको कुरा गर्ने कांग्रेसले नै न्यायालयले भ्रष्टाचारी ठहर गरेको व्यक्तिलाई धुमधामले सम्मान गर्नु नकच्चरोपनको पराकाष्ठा हो । यस घटनाले समग्र मुलुकको राजनीतिक संस्कार बिगारेको छ ।
भ्रष्टाचार गरेबापत् सम्मान र स्वागत दिँदा सबैले भ्रष्टाचार गर्नु पौरख रहेछ भनेर बुझ्न थाले भने परिस्थितिले कुन रुप लेला ? मुलुकको राजनीति कुन बाटोतर्फ जाँदैछ भन्ने यो घटनाले स्पष्ट पारिदिएको छ । ‘घूस लिने र दिने दुवै देशका शत्रु हुन्’ भन्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको भनाइ अहिले सबैले बिर्संदै गएकाले होला भ्रष्ट नेतालाई सम्मान र स्वागत गरिएको ।
आगामी निर्वाचनमा पहिलो दल हुने लक्ष बोकेर हिँडेको कांग्रेसको यो प्रवृत्तिले उसलाई कति फाइदा कति बेफाइदा पुग्ला, यो विषय सोचनीय छ । सधँै नेपाल बिग्रियो, जताततै भ्रष्टाचार मौलायो भनेर चिन्ता व्यक्त गर्ने युवाहरुले नै एक भ्रष्ट नेताको सम्मानमा लाम लागेर जुलुस निकाल्छन् भने दोषी युवाहरु पनि होइनन् र ? भ्रष्टाचारीलाई प्रोत्साहित गर्ने अनि भ्रष्टाचारको जालो मौलाउँदै गयो भन्दै चिन्ता गर्नुको के औचित्य ?
एउटा भ्रष्टाचारी खोरबाट छुट्दा विजय जुलुस निकाल्ने देशका युवाहरुले बेरोजगारीको समस्या नभोगे के अरु देशकाले भोग्छन् त ? कांग्रेस नेता खुमबहादुरले भ्रष्टाचार गरी जोडेको अकुत सम्पत्तिबराबरको रकम उनी पदमा रहँदा सरकारी तवरबाटै रोजगारी सिर्जना गर्ने कुनै पनि क्षेत्रमा लगानी गरेको भए आज भ्रष्टाचारी खुमबहादुरलाई माला लगाउन  काठमाडौँको डिल्लीबजारस्थित सदरखोर पुगेका युवाहरु आफ्नै काममा व्यस्त  हुनेथिए ।
सायद, सिद्धान्तको रटान दिने कांग्रेसीहरुको सिद्धान्तले एक भ्रष्ट नेतालाई फूलमाला लगाइदिन प्रेरित गरेर होला बीपीको फोटोसहित खुमबहादुरको भव्य स्वागत गरेका । के बीपीको आत्माले यो प्रवृत्तिलाई स्वीकार गर्ला त ? बीपीको फोटो कांग्रेसको सधैँ फलाकिने गरेको सिद्धान्त अनि कांग्रेसजनले सुनाउने गरेको लोकतन्त्रको महामन्त्रमा खुमबहादुरको यो भव्य स्वागत कसरी अट्छ भन्ने प्रश्नको जवाफ डिल्लीबजारको सदर खोरको ढोकामा थुप्रिएका युवा कांग्रेसहरुले मात्र दिनुपर्ने होइन । बूढा नेताहरुले ढाकेर युवालाई स्थान नदिएकाले कांग्रेसमा विचलन आएको भनेर अभियान चलाउने गगन थापाले जवाफ दिनुपर्छ । कांग्रेसलाई मुलुकभन्दा पनि ठूलो जस्तो दाबी गर्ने नरहरि आचार्यलाई पनि यो प्रश्नले छुन्छ ।
आफूलाई लोकतन्त्रको पर्यायवाची भनेर दाबी गर्ने कांग्रेसका आस्थावान् सिपाही भन्नेहरुले भनून् कि यो सैद्धान्तिक विकृति हो कि होइन ? यो घटनाले कांग्रेसद्वारा अब यसपछि गरिने हरेक सुव्यवस्था, नैतिक समाज, विधिको शासन, न्यायिक सर्वोच्चता आदिका दाबीको खोक्रोपनको खुल्ला विज्ञापन गर्नेछ । गगन थापाहरुको युवा सक्षमताको मुखुन्डो त सुरूमै खुलिसकेको छ । मौका पाए युवाहरुले कांग्रेस सक्षमताले हाँक्छन् भन्नेहरुको मुख यसले बन्द गरेन भने त्यसलाई निर्लज्जता नै भन्न सकिन्छ । युवापुस्तालाई इमानदार, सत्चरित्रवान्, सक्षम बनाउन नसकेको दोषबाट कांग्रेस नेतृत्व त उम्कन पाउन्न नै, साथै युवाहरुको नाममा चर्का नारा दिएर सुप्रभा घिमिरेलाई पाखा लगाउन सफल कांग्रेसका युवा जमातका ढुकढुकी बनेका गगन थापाको पनि कथनी र करनीको अन्तर छताछुल्ल हुन्छ ।
न्यायपालिकाको निर्णयमा प्रश्न उठाउने चरित्र कांग्रेसको हो भने उसले भावी नेपालमा न्यायपालिकाको कुन स्थान सोचेको छ र घोषणापत्रमा कुन स्थान राखेको छ, त्यसको पनि मूल्यांकन हुन्छ । अपराधको सजाय भोगेर आएको मान्छे निश्चित विधि र प्रक्रियाले समाजमा रहन्छ, सधैँ तिरस्कृत हुनुपर्छ भन्ने होइन । निश्चय नै मुलुकको न्यायप्रणालीको पैmसलालाई पूर्वाग्रही भनेर त्यसको अपमान गर्नेभन्दा न्यायालयको पैmसला शिरोधार्य गर्ने मान्छे ठीक हो । उसलाई समाजमा मुलुकको कानुनले दिएको दायरामा रहेर सामान्य जीवनयापन गर्ने वा मुलुक, समाजको भलोको काम गर्ने अधिकार हुन्छ । तर, यस्तो किसिमको तामझामले न्यायालयको पैmसलाको सम्मान गरेको जस्तो गरेर न्यायालयको पैmसलालाई नै चुनौती दिने प्रवृत्तिलाई प्रोत्साहन दिने कांग्रेसको नियतमाथि शंका भने गर्नु नै पर्ने हुन्छ ।

कांग्रेसको पथ भ्रष्टीकरणतिर उन्मुख

Related Posts

प्रतिनिधिसभा पुनस्र्थापना : ओलीलाई राजीनामा दिन सुझाव

लड्डु विजयोत्सव र नैतिकता !

बिरामी मरेपछि कोरोना नभएको ‘सहर्ष’ जानकारी

बिरामी मरेपछि कोरोना नभएको ‘सहर्ष’ जानकारी

नवलपुरका फरार २३ अभियुक्त पक्राउ

अनुसन्धानका तीन आँखा र नागरिक कर्तव्य

Discussion about this post

अन‌ि यो पनि

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने
समाज

नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

काठमाडौँ, १४ फागुन । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर)...

Read more
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In