भरतपुर । एकीकृत नेकपा माओवादीले चितवनका पाँच वटै निर्वाचन क्षेत्रमा घरदैलो र कोणसभा जारी राखेका छ ।
एकीकृत नेकपा माओवादी चितवन निर्वाचन क्षेत्र १ ले कुमरोज गाविस केन्द्रित घरदैलो र कोणसभा गरेको छ । कोणसभामा उक्त क्षेत्रका उम्मेदवार यमबहादुर परियार ‘इन्दजीत’ समानुपातिकतर्फका उम्मेदवार सिंहबहादुर गोले, बाम बुद्धिजीवी प्रेम रिमाललगायतले बोलेका थिए ।
निर्वाचन क्षेत्र २ ले आयोजना गरेको चुनावी सभामा अन्य राजनीतिक पार्टीबाट एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नेहरुको लर्को लागेको छ । क्षेत्र २ अन्तर्गत जिरौनाचोकमा बुधबार आयोजना गरिएको सभामा विभिन्न दलका युवाहरुले टीका लगाएर एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । क्षेत्र २ का एमाओवादी उम्मेदवार विश्वभक्त दुलाल आहुतीले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
कोणसभामा एमाओवादी उम्मेदवार आहुतीले यसपटक एकीकृत नेकपा माओवादीले बहुमत ल्याउने दावी गरे । निर्वाचन क्षेत्र ३ का उम्मेदवार नारायणप्रसाद दाहालले बुधबार निर्वाचन क्षेत्रका विभिन्न स्थानमा घरदैलो गरेका छन् । घरदैलोसँगै उनले एमाओवादी जिल्ला समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी बनेर अन्य राजनीतिक पार्टी छोडेर एमाओवादी प्रवेश गर्नेहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका छन ।
यसैगरी क्षेत्र ३ अन्तर्गत पर्ने भरतपुरका विभिन्न ठाउँमा घरदैलो गरेको उक्त क्षेत्रका प्रचारप्रसार संयोजक रमेश पौडेलले जानकारी दिए । त्यस्तै, निर्वाचन क्षेत्र ४ मा एनेकपा माओवादीले आफ्नो पक्षमा मत तान्न पटिहानी गाविसस्तरीय महिला ¥याली आयोजना गरेको छ । ¥यालीले एमाओवादी र हसिँया हथौडामा मतदान गर्न अनुरोध गर्दै उम्मेदवार चित्रबहादुर श्रेष्ठलाई जिताउन नारा लगाएको थियो ।
पटिहानी गौचरनमा आयोजना गरिएको कोणसभामा उक्त क्षेत्रका एमाओवादी उम्मेद्वार श्रेष्ठले एमाओवादीको एजेण्डालाई जिताउन अनुरोध गरेका थिए । उक्त क्षेत्रमा आयोजना गरिएको अर्को चुनावी कार्यक्रममा शंकर भण्डारीको नेतृत्वमा नेपाली काँग्रेस र एमाले पार्टी परित्याग गरी ७१ जना एमाओवादीमा प्रवेश गरेको जिल्ला कार्यसमिति सदस्य खेम भट्टले जानकारी दिए ।
त्यसैगरी चितवन क्षेत्र ५ का उम्मेदवार अमिक शेरचनसहितको टोलीले बुधबार माडीको कल्याणपुर गाविसको बसन्तपुर गाउँ, पौवारी टोल, रामराज्यपुर, छरछरे, किर्तनपुर क्षेत्रमा घरदैलो गरेको छ ।छरछरेमा लागेको एकादसी मेलामा पुगेर उम्मेदवार शेरचनले मतदातासँग एमाआवादीलाई जिताउन अनुरोध गरेका थिए ।
त्यसैगरी जगतपुर, शुक्रनगर, मेघौली गावस क्षेत्रका मतदातालाई मतदाता शिक्षा दिएका छन । त्यसैगरी आइतसिंह तामाङको संयोजक¤वमा २९९ सदस्यीय जगतपुर गाविसस्तरीय वाईसीएल गाउँ इकाइ गठन गरिएको छ ।
त्यस्तै एकीकृत माओवादीको जिल्ला संयोजक अविनासले आफ्ना नेता, तथा कार्यकर्तामाथि आक्रमण भइरहेको बताउँदै त्यस्ता समूहलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न माग गरेका छन् ।
Discussion about this post