कांग्रेस उम्मेदवारलाई स्वागत

अन‌ि यो पनि

पदमपुर । नेपाली कांग्रेश क्षेत्र दुई चितवनका उम्मेदवार शेषनाथ अधिकारीलाई बुधबार पदमपुरवासीले स्वागत गरेका छन् । चुनावी प्रचार प्रसारअन्तर्गत घरदैलो कार्यक्रमका अवसरमा पदमपुरलाई स्थानान्तरण गर्ने क्रममा अधिकारीले महत्वपूर्ण भूमिका खेलेको भन्दै पदमपुरवासीले उनलाई स्वागत गरेका हुन् ।
घरदैलो कार्यक्रममा पमदपुर पुग्नु भएका अधिकारीलाई पदमपुरका प्रत्येक चोकचोकमा कार्यक्रम गरी टीका, माला र खादा लगाई स्वागत गरेका थिए । राप्तीपारी रहेको पदमपुरलाई अधिकारीलगायतका अग्रजहरुले स्थानान्तरण गरेको कांग्रेस पदमपुरले दावी गरेको छ ।
विसं २०५२ सालदेखि २०५९ सालको अन्त्यसम्म राप्ती पारी रहेका करिब १६ सय घरधुरी परिवारलाई स्थानान्तरण गरिएको थियो । सो अवसरमा स्थानीयहरुले पदमपुर गाविसका समस्याका बारेमा उम्मेदवार अधिकारीलाई जानकारी गराएका थिए  ।
यसैबीच नेपाली कांग्रेस क्षेत्र २ कांग्रेसले पदमपुर गाविसको विभिन्न वडामा घरदैलो कार्यक्रम गरेको छ । चुनावी प्रचारको अन्तिम चरणमा रहेको क्षेत्र  दुईका उम्मेदवार शेषनाथ अधिकारीसहितको टोलीले पदमपुर गाविसको वडा नम्वर ३ बाट घरदैलो कार्यक्रम सुरु गरेको हो । उम्मेदवार शेषनाथ अधिकारीले कार्यकर्ताहरु सक्रिय भएर लागे काग्रेशलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने बताउनुभयो ।
जनताहरु सचेत भइसकेकाले अब कांग्रेसलाई दुईतिहाई बहुमत दिलाएर विजयी गराउने उम्मेदवार अधिकारीको विश्वास थियो । यस्तै, निर्वाचन क्षेत्र दुईअन्तर्गत चैनपुर गाविसमा अन्य पार्टी परित्याग गरी २३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई कांग्रेस पूर्वजिल्ला उपसभापति रघुनाथ अधिकारी, गाउँ कमिटी सभापति देवीनाथ न्यौपाने
र पूर्व गाउँ सभापति रामनाथ न्यौपानेले टीका, माला र खादा लगाई पार्टी प्रवेश गराएका हुन् ।
यस्तै आफ्नो क्षेत्र अन्तर्गत क्षेत्र १ मा कांग्रेसले भण्डारा र वीरेन्द्रनगर गाविसमा छुटेका मतदाताको घरमा पुगी मत मागेको छ । क्षेत्र १ का उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीसहितको टोली मतदाताको घरघरमा पुगी कांग्रेसलाई जिताउन आग्रह गर्दै भोट मागेका हुन् । त्यस्तै क्षेत्र ३, ४ र ५ का कांग्रेस उम्मेदवारले घरदैलो कार्यक्रमलाई जारी राखेका छन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया