भरतपुर । चितवन क्षेत्र ४ का स्वतन्त्र उम्मेदवार विकास कोइरालाले बुधबार पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । बुधबार बिहानैदेखि चुनावी प्रचारप्रसार अभियानअन्तर्गत घरदैलो कार्यक्रममा उम्मेदवार कोइराला व्यस्त भएका छन् ।
उनले शिवनगरको शान्तिपुर, गीतानगर, इन्द्रपुरीचोकमा घरदैलो कार्यक्रममा व्यस्त रहनुभयो । उनले मतदाताको घरघरमा गई आफूलाई जिताउन मत माग्नु भएको थियो । मतदाताहरुले कोइरालालाई स्थानीय युवा र समाज परिवर्तन गर्न सक्ने भन्दै मतदान गर्ने विश्वास दिलाएका थिए । उनले चितवनलाई संघीय राज्यमा कुनैपनि हालतमा टुक्राउन नदिने प्रतिबद्वता जाहेर गर्दै बृहत्तर चितवन निर्माणको लागि पहल गर्ने बताए ।
भण्डारामा शान्ति ¥याली
Discussion about this post