रत्ननगर । मधेसी जनअधिकार फोरम नेपाल चितवन क्षेत्र २ का उम्मेदवार तथा स्थानीय समाजसेवी मनोजकुमार पोखरेलले घरदैलो कार्यक्रम उत्साहजनक रुपमा जारी राखेका छन् ।
बुधबारको घरदैलो अभियानका क्रममा उम्मेदवार पोखरेललाई ज्यामिरेचोक, हाजिपुर, देबौली, तुलसीपुर तथा चित्रसारीका उम्मेदवारले सम्मान प्रकट गर्दै भोट दिने आश्वासन दिएका छन् । क्षेत्र २ का अधिकांश स्थानमा ¥यालीसहित पुगेका पोखरेलले आफ्नो चुनाव चिन्ह हातले बोकेको मसाल चिन्हमा मतदान गर्न आह्वान् गरेका थिए ।
चित्रसारी मेला तथा हरिबोधनी एकादशी जात्राको अवसर पारेर उनले कोणसभा आयोजना गरेका थिए । चित्रसारीमा आयोजित कोणसभामा उनले सुकुम्बासीको समस्यालाई उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोही कार्यक्रममा ६० जना युवाहरु पार्टी प्रवेश गरेको फोरम नेपालका पूर्वअध्यक्ष अजय निरालाले बताए । कोणसभामा मुस्लिम समुदायबाट सोनु खाँले पनि मन्तव्य राखेका थिए ।
Discussion about this post