मधुसूदन दवाडी
नेपाली शब्दसागरमा धर्मलाई व्यक्ति वा वस्तुको मूल प्रवृत्ति, वृत्ति, प्रकृति, स्वभाव, नियत, नीति, स्वाभाविक गुणको रुपमा अर्थ लगाइएको छ । धर्मलाई कयौँ पुस्तकहरुमा सामूहिक कर्तव्य, कुनै महात्मा वा महापुरूषको प्रतिपादित सिद्धान्त भनेर व्याख्या गरिएको छ । पछिल्ला केही दार्शनिकहरुले जुनसुकै धर्मको अन्तिम सार एउटै मानव कल्याण हो र सबैले जीवन जिउने कला सिकाउ“छन् भनेर व्याख्या गरेका छन् ।
धर्मलाई जे–जसरी व्याख्या गरे पनि विश्वभर परापूर्वकालदेखि आजसम्म धार्मिक मुद्दा राजनीतिस“ग जोडिने गरेको छ । राजनीति र धर्मको सम्बन्धलाई लिएर भारतीय समाजका महान् दार्शनिक डा. राममनोहर लोहियाले राजनीतिलाई अल्पकालीन धर्म र धर्मलाई दीर्घकालीन राजनीति भनेर व्याख्या गरेका छन् । विश्वको निकै प्राचीन धर्म मानिएको हिन्दू धर्मको मूल ग्रन्थ महाभारतमा व्याख्या गरिएअनुसार महाभारतको युद्ध हुनुको मूल कारण राजनीतिक अभीष्ट पूरा गर्न नै थियो । विभिन्न धार्मिक ग्रन्थहरुमा सत्ता र कुर्सीको लडाइँलाई बडो रोचक ढंगले व्याख्या गरिएको छ । सुरूमा पश्चिमा देशहरुले साम्राज्यवादको विस्तारस“गै क्रिश्चियन धर्मको पनि प्रचारप्रसार गरेका थिए । उनीहरु जहा“ पुगे, त्यही क्रिश्चियन धर्मको प्रचार गर्दै मिसनका नाममा विभिन्न हस्पिटल र स्कुल तथा विश्वविद्यालयहरु स्थापना गर्दथे । सन् १६०० मा व्यापार गर्ने उद्देश्यले भारत छिरेका अंग्रेजहरुले अन्ततः सारा देश नै कब्जा गरे, जसको फलस्वरुप उनीहरुले दक्षिण एसियामा राजनीतिक चलखेलको साथमा धार्मिक ऐजेन्डाहरु पनि लाद्ने अवसर पाए । जब उनीहरुले भारत छोडे, तब हिन्दू र मुस्लिमको नाममा सन् १९४७ मा भारत विभाजित हुन पुग्यो । यसको फलस्वरुप पाकिस्तानका २ करोड हिन्दू भारत गएर बस्न थाले भने भारतका १ करोड मुस्लिम परिवार पाकिस्तानमा गएर बस्न थाले । धर्मले देशको राष्ट्रियतालाई मजबुतभन्दा पनि कमजोर बनाउने काम ग¥यो । रूसको प्रत्यक्ष रेखदेखमा कम्युनिस्टहरुले अफगानिस्तानमा शासन गरेका थिए । उनीहरुले मुस्लिम कानुनलाई केही खुकुलो बनाए, तर त्यसकै विरोधमा अफगानी युवाहरु सडकमा उत्रिए र अमेरिकाको सहयोगमा शासनसत्ता नै कब्जा गरे । जो आज तालिवानको नाममा विश्वभर चर्चा पाइरहेका छन्, उनीहरुको राजनीतिक पृष्ठभूमिको सुरूवात नै धर्म थियो ।
भारतमा आजसम्म पनि राजनीतिमा धार्मिक प्रभाव निकै ठूलो रहेको छ । कट्टर हिन्दूवादी पृष्ठभूमिबाट नै भारतीय जनता पार्टीको स्थापना भएको हो । आजसम्म पनि भारतमा धार्मिक एजेन्डाले हरेक राजनीतिक अभियानहरुमा विशेष प्राथमिकता पाउने गरेको छ । योगगुरू रामदेवले विगतमा गरेका आमरण अनशनदेखि लिएर आशाराम बाबाबाट भएको बलात्कारको प्रकरणसम्मका हरेक गतिविधिहरुमाथि राजनीतिक छलफल र बहस भइरहन्छ । अन्य दक्षिण एसियाका देशहरु जस्तै नेपालका हरेक राजनीतिक गतिविधिहरु पनि धर्मबाट अलग देखिँदैन । नेपाल दक्षिण एसियामा बृहद् रुपमा धार्मिक तथा सांस्कृतिक विविधता बोकेको देश हो । बुद्धको जन्मभूमि नेपालमा वि.सं. २०६८ को जनगणनाअनुसार १०.७४ प्रतिशत मानिस बुद्ध धर्म मान्छन् । नेपालको राजनीतिलाई बुद्ध दर्शनले पनि कुनै न कुनै रुपमा प्रभावित गरेको छ । बुद्धको शासनकालमा विशेषतः दुई प्रकारको शासनप्रणाली थियो, कतै राजतन्त्रतात्मक त कतै गणतन्त्रात्मक शासनप्रणाली रहेको थियो । त्यस समय सरकारको कर्तव्य नैतिकवान र आध्यात्मिक कानुनको प्रोत्साहन थियो । बुद्ध धर्मग्रन्थअनुसार यस धर्ममा समाजवादी, पुँजीवादी र साम्यवादी कुनै पनि वाद तथा प्रणालीप्रति कुनै आपत्ति देखिँदैन । जुन वाद भए पनि राजनीतिको मुख्य उद्देश्य नागरिकका लागि केवल भौतिक सुखमात्र होइन, नैतिक र आध्यात्मिक सुख पनि जुटाउनुपर्छ भन्ने राजनीतिको मुख्य आदर्श रहेको थियो ।
त्यसैगरी, नेपालको राजनीति हिन्दू दर्शनबाट पनि निर्देशित हु“दै आइरहेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ८०.६४ प्रतिशत मानिसले हिन्दू धर्म मान्दछन् । बहुसंख्यक नेपालीहरुले हिन्दू धर्म माने पनि हिन्दूहरु बुद्धलाई विष्णुको नवौँ अवतार मान्दछन् । त्यसैगरी, हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथमा शिवलाई बुद्धको मुकुट पहिराउने चलन रहेको छ । विभिन्न चालचलन तथा प्रथाहरुले नेपालमा धार्मिक सहिष्णुता बढाउन सहयोग गरेका छन् । शाक्य कुलकी पुत्रीलाई कुमारी बनाई हिन्दू एवं बौद्धमार्गी दुवैले पूजा गरी टीका ग्रहण गर्ने चलन छ ।
नेपालमा ४.२ प्रतिशतले इस्लाम धर्म मान्छन् । नेपालको धार्मिक इतिहासलाई अध्ययन गर्दा पन्ध्रौँ शताब्दीमा राजा रत्न मल्लको शासनकालमा मुस्लिमहरु नेपाल प्रवेश गरेर काठमाडौँमा काश्मिरी मस्जिदको निर्माण गरेका थिए । उनीहरु तत्कालीन भोट र नेपालको व्यापारका लागि नेपाल प्रवेश गरेका थिए । उनीहरुले पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानदेखि नेपालको राज्यसत्तालाई कुनै न कुनै सहयोग पु¥याएको देखिन्छ । सोही समयदेखि नै नेपालमा धार्मिक रुपमा कुनै पनि भेदभाव र विभेदको घटना हुन सकेको छैन । चाहे हिन्दू पर्व होस् वा जुनकुनै उत्सवमा हिन्दू, मुस्लिम, बौद्धमार्गीहरु एकापसमा बसेर खानपिन गरेर सद्भावको प्रकट गरिरहेका छन् ।
नेपाली समाजको मूल विशेषता धार्मिक सहिष्णुता र समन्वय हुदाहुदै पनि यदाकदा नेपालमा धार्मिक एजेन्डाले विशेष प्राथमिकता पाउने गरेको छ । कुनै व्यक्तिगत तथा सामूहिक स्वार्थको चंगुलमा फसेर कहिले राष्ट्रवादको नाममा त कहिले राष्ट्रिय एकताको नाममा धार्मिक एजेन्डालाई राजनीतिक दलहरु तथा शासकहरुले विशेष प्राथमिकतामा राख्ने गरेका छन् । विगतमा नेपाली राजतन्त्रलाई हिन्दू राजा तथा विष्णुको अवतारका रुपमा देशभर र विदेशमा पनि मानिन्थ्यो, जुन तथ्यलाई अन्य धर्मका मानिसहरुले पनि स्वीकार गरेका थिए । जब राजा र राजनीतिक दलका बीचमा नेपालमा द्वन्द्व चर्कने गर्दथ्यो, तर दरबारले हिन्दू धर्मको सहारा लिने गर्दथ्यो । त्यही तथ्यलाई ध्यान दिएर नै माओवादीले नेपालमा गणतन्त्रको लहरलाई चर्काउन र राजतन्त्रको अन्त्य गर्नका लगि धर्मलाई प्रमुख हतियार बनाए । उनीहरुले हिन्दू विद्यापीठहरुमा आक्रमण गर्नेदेखि लिएर ब्राह्मणहरुको टुप्पी काट्नेसम्मको कार्य गरे । नेपालका विद्यालयहरुमा संस्कृत शिक्षा हटाउने त अभियान नै चलाए । यस्तो अवस्थामा पनि कुनै हिन्दू धर्मावलम्बीहरुले रिस तथा आवेग देखाएनन् । यसमा हिन्दू धर्मको खासै केही दोष थिएन, तर पनि राजतन्त्रलाई धक्का दिन र अन्य धर्म तथा जातजातिहरुको समर्थन बटुल्न उनीहरुले यस्तो रणनीति अपनाए । उनीहरुको एजेन्डाहरुलाई अन्य दलहरुले पनि स्वतः स्वीकार गरे र अन्ततः दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम संविधानको घारा ४ मा नेपाललाई धर्मनिरपेक्ष राज्यको व्यवस्था गरियो । केही छिटफुट साना दलहरु र केही दरबारिया शक्तिहरुबारे यस विषयमा खासै विरोधको चर्काे स्वर सुनिएन । तिनै हिन्दू धर्मलाई विरोध गर्ने माओवादी नेताहरु सत्तामा पुगेपछि सबैभन्दा धेरै हिन्दू मन्दिरहरु चहार्न पुगे । उनीहरुले हिन्दू धर्म, संस्कृत शिक्षामाथि विद्रोहकालमा आक्रमण गर्नुको कारण भने आजसम्म पुष्टि गर्न सकेका छैनन् । उनीहरुका सबै कामहरु भावना, स्वार्थ र लहडभन्दा बढी केही थिएन ।
अहिले देश दोस्रो संविधानसभाको निर्वाचनमा होमिएको छ । कांग्रेस,एमाले ,एमाओवादी लगायतका ठूला दलहरुले आफ्नो घोषणापत्रमा धर्म निरपेक्षता र दलहरुले धार्मिक स्वतन्त्रतालाई मुख्य जोड दिएका छन् भने केही साना दलहरु, जस्तै राप्रपा नेपाल र अखण्ड नेपाल पार्टी आदिले भने नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि जनतास“ग भोट मागिरहेका छन् । यसमा केही विगतको दरबारिया शक्तिको पनि समर्थन देखिन्छ । केही हिन्दूका कट्टर तथा पुरातनवादी मानिसहरुको भोट भने यी दलहरुले प्राप्त गर्ने देखिन्छ । वि.सं. २०४८ पछि नेपाली कांग्रेस बलियो शक्ति बन्नुमा केही हदसम्म धार्मिक एजेन्डाले पनि काम गरेको थियो । मुख्यतया कम्युनिस्टहरु सत्तामा आए भने वृद्धहरुलाई गोली हान्छन् र धर्म मान्न पाइँदैन भनेर कांग्रेसका केही नेताहरुले गलत प्रचार गर्ने गर्दथे । तत्कालीन समयमा एउटा कम्युनिस्ट बन्नु भनेको अधार्मिक तथा अछूत मानिस बन्नु हो भन्ने भ्रम नेपाली जनतामा परेको थियो । बिस्तारै वि.सं. २०५१ सालमा नेपालमा पहिलो पटक अल्पमतको कम्युनिस्ट सरकार बनेपछि भने ती सारा धार्मिक भ्रमहरु तोडिँदै गए । चाहे कम्युनिस्ट हुन् वा जोसुकै दल हुन्, जनताको धार्मिक आस्थालाई कुल्चिएर अगाडि बढ्न नसक्ने रहेछन् भन्ने प्रमाणित भयो । अन्ततः कुनै बेला नेपालको नेल्सन मण्डेला भनेर चिनिएका एमाले नेता मोहनचन्द्र अधिकारी पहेँलो वस्त्र धारण गरेर धार्मिक अभियन्ता बनेर हिँडे । झलनाथ खनालदेखि प्रचण्डहरु विभिन्न यज्ञ, होम, पुराणहरुमा सरिक भए, जसबाट नेपाली जनताहरुमा कम्युनिस्टहरुप्रति रहेको भ्रम, शंकाहरु हट्दै गयो ।
अहिलेको संविधानसभामा त्यस्ता कयौँ दलहरुले हिन्दू राज्य, हिन्दू धर्मको कुरा गरे पनि नेपाली मतदाताहरु खासै आकर्षित बन्न सकेका छैनन् । नेपालीहरुले शताब्दीयौँदेखि रहेको धार्मिक सहिष्णुता, भाइचारा प्रकट गरिरहेका छन् । हिन्दू राष्ट्र वा धर्मनिरपेक्ष राष्ट्र जे भने पनि सबैभन्दा ठूलो कुरा धार्मिक स्वतन्त्रता हो, जसलाई नेपालीहरुले मजाले उपभोग गर्न पाइरहेका छन् । लम्बिँदो संक्रमणकालस“गै सलबलाइरहेका पूर्वदरबारिया शक्तिको आडमा फेरि हिन्दू राज्यको नाममा राजसंस्था बिउँत्याउन खोज्ने शक्तिहरुलाई नेपाली जनताले पक्कै मतदान गर्ने छैनन् । धर्मले वा जात तथा भाषाको कुरा मात्र गरेर राष्ट्रिय एकतालाई प्रवद्र्धन हुँदैन भन्ने विषयलाई सबैले बुझ्न जरूरी छ ।
Discussion about this post