भरतपुर । चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्ज मंगलबारदेखि १३ आंै वर्षमा प्रवेश गरेको छ । यस अवसरमा एफएमका प्रबन्ध निर्देशक सहन प्रधानले विज्ञप्ति जारी गरी रेडियोलाई स्रोेताप्रति जिम्मेवार र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले निरन्तर रुपमा रेडियोले उत्कृष्ट कार्यक्रमहरु प्रसारण गर्ने बताए ।
लोकतन्त्र स्थापनाका लागि रेडियोले खेलेको भूमिकाको स्मरण गर्दै प्रबन्ध निर्देशक प्रधानले गणतान्त्रिक लोकतान्त्रिक संविधान निर्माणको लागि सिनर्जी एफएमले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । विज्ञप्तिमा रेडियो कुनै व्यक्ति विशेष वा राजनैतिक दलको पक्षपोषण गर्न नभई आम नागरिकको साझा आवाज बनेर अगाडि बढिरहेको जनाइएको छ । चितवनमा २०५८ साल कात्तिक २६ गते सिनर्जी एफएमको स्थापना भएको हो ।
Discussion about this post