ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘कांग्रेसलाई कुनै शक्तिले पराजित गर्दैन’

by चितवन पोष्ट
२०७० कार्तिक २७, बुधबार ०४:१२ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेसले मात्रै संविधान दिन सक्ने दावी गरेका छन् । कम्युनिष्ट पार्टीहरुले दुई÷दुई पटक ४ वर्ष सरकारको नेतृत्व गर्दा पनि संविधान दिन नसकेको भन्दै उपसभापति पौडेलले काँग्रेसले मात्र जनताले चाहेको संविधान दिन सक्ने बताए ।
नेपाली काँग्रेस क्षेत्र २ चितवनले रत्ननगरमा आयोजना गरेको चुनावी सभामा उनले जनताले चाहेको संविधान पाउनका लागि काँग्रेसलाई दुई तिहाई बहुमतले जिताउन आग्रह पनि गरे ।
उपसभापति पौडेलले एमाओवादीलाई सभ्यता नभएको पार्टीको संज्ञा दिए । आफ्नो चुनावी सभास्थलमा एमाओवादीले माइकिङ गर्दै हिँडेकोप्रति लक्षित गर्दै उनले भने, ‘एमाओवादी समस्या सिर्जना गर्ने तर समाधानको बाटो नखोज्ने पार्टी हो ।’ उपसभापति पौडेलले पार्टी र जनताका लागि ठूलो त्याग गरेकाले पनि क्षेत्र  २ का उम्मेदवार शेषनाथ अधिकारीलाई जिताउने गरी लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सभामा केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दावी गरे । कांग्रेसप्रतिको जनलहरले गर्दा मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्ने उनको भनाइ थियो । नेतृ कोइरालाले आफ्ना उम्मेदवारलाई हराउन पार्टीभित्रै अन्तरघात गर्नेलाई कारबाही गर्नेसमेत चेतावनी दिइन् ।
चितवनका पाँचै निर्वाचन क्षेत्र जित्नु पर्ने भन्दै उनले त्यो काँग्रेसका लागि सबैभन्दा ठूलो सफलतासमेत हुने बताइन् । चुनावी सभामा प्राध्यापक संघका केन्द्रीय महासचिव प्रकाश अधिकारी, पूर्वसांसद एकनाथ रानाभाट, उम्मेदवार शेषनाथ अधिकारी, समानुपातिक उम्मेदवार सावित्री चौधरी, कांग्रेस जिल्ला सभापति टेकप्रसाद गुरुङ, जिल्ला सचिव जीतनारायण श्रेष्ठ, जिल्ला सदस्य महेन्द्र चेपाङ, जिल्ला प्रवक्ता साजन महतो, कांग्रेस नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम क्षेत्रीय सभापति कुमार कार्कीको अध्यक्षतामा भएको थियो ।

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘माडीको विकासमा कमी हुन दिन्नौँ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In